संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    राष्ट्रिय बाल दिवस २०७९ मनाइँदै

    राष्ट्रिय बाल दिवस २०७९ मनाइँदै

    संघारी न्युज
    २९ भाद्र २०७९
    1.1k
    Shares

    कैलाली । ‘बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नाराका साथ आज राष्ट्रिय बाल दिवस, २०७९ मनाउन लागिएको छ ।

    नेपालले बाल अधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बाल अधिकारको संरक्षण र बाल सहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

    यसैबिच राष्ट्रिय बाल दिवस, २०७९ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई तथा शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा बधाई तथा शुभकामना व्यक्त गरेकी हुन् ।

    संयुक्त राष्ट्र सङ्घीय बाल अधिकारसम्बन्धी महासन्धिलाई नेपालले अनुमोदन गरेको दिनको स्मरण गर्दै बाल अधिकारको क्षेत्रमा नेपालले जनाएका अन्तर्राष्ट्रिय प्रतिबद्धता समेतलाई पूरा गर्न हामीले हरेक वर्ष भदौ २९ गते ‘राष्ट्रिय बाल दिवस’ मनाउँदै आएका छौँ,’’ राष्ट्रपतिले जारी गरेको शुभकामनामा भनिएको छ ।

    यता प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्।

    उनले बालबालिकाको अधिकारको संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घर परिवार तथा समुदाय, स्वास्थ्य सेवा तथा विद्यालय बालमैत्री हुन जरुरी रहेकोसमेत बताएका छन्। प्रधानमन्त्री देउवाले राष्ट्रिय बाल दिवस, २०७९ का अवसरमा देशभरका सम्पूर्ण बालबालिकामा बधाई तथा शुभकामना व्यक्त गर्दै उनीहरूको सुखद् र उज्ज्वल भविष्यको कामना गरेका छन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com