कैलाली । कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी माघको अन्तिम सातादेखि चिकित्सा शिक्षाको अध्यापन सुरु हुने भएको छ। विश्वविद्यालयमा पहिलोपटक एमबीबीएससहित चारवटा शैक्षिक कार्यक्रममा सिट निर्धारण भएपछि सुदूरपश्चिममै चिकित्सक तथा स्वास्थ्य जनशक्ति उत्पादन गर्ने बाटो खुलेको हो।
चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३र८४ का लागि विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने चारवटा शैक्षिक कार्यक्रममा सिट निर्धारण गरेसँगै अध्यापन सुरु गर्ने तयारी अघि बढेको छ। विश्वविद्यालयका रजिस्ट्रार डा. भीम चन्दका अनुसार आयोगको शैक्षिक क्यालेन्डरअनुसार माघको अन्तिम सातादेखि कक्षा सञ्चालन हुनेछ।
‘चिकित्सा शिक्षा आयोगको क्यालेन्डरअनुसार माघको अन्तिम हप्ताबाट अध्यापन सुरु हुन्छ,’ रजिस्ट्रार चन्दले भने। आयोगले गेटामा एमबीबीएस अध्ययनका लागि ५० सिट निर्धारण गरेको छ। त्यस्तै, नर्सिङमा २०, बीएस्सी मेडिकल ल्याब टेक्नोलोजी (एमएलटी) मा १० र बी अप्टोमेट्रीमा १० सिट निर्धारण गरिएको छ। चारवटै कार्यक्रममा गरी पहिलो शैक्षिक सत्रमा कुल ९० विद्यार्थीले अध्ययन गर्ने अवसर पाउनेछन्।
गेटामा एमबीबीएस अध्ययनका लागि सिट निर्धारण हुनु विश्वविद्यालयका लागि मात्रै नभई सुदूरपश्चिमको स्वास्थ्य शिक्षा क्षेत्रकै महत्वपूर्ण उपलब्धि भएको रजिस्ट्रार चन्दले बताए।
यसले प्रदेशमा चिकित्सक उत्पादनको आधार तयार पार्नुका साथै आगामी दिनमा स्वास्थ्य सेवामा दक्ष जनशक्तिको उपलब्धता बढाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विश्वविद्यालयले चिकित्सा शिक्षाको अध्यापनसँगै शिक्षण अस्पतालको सेवा विस्तारलाई पनि प्राथमिकतामा राखेको जनाएको छ। यसैवर्षदेखि ३०० शय्याको शिक्षण अस्पताल पूर्ण रूपमा सञ्चालनमा ल्याउने र ५०० शय्याको अस्पताल सञ्चालनको प्रक्रिया अघि बढाउने तयारी भइरहेको रजिस्ट्रार चन्दले बताए।
‘हामीले ६२२ बेड जडान गरिसकेका छौँ,’ चन्दले भने, ‘यसैवर्षदेखि ३०० शय्याको अस्पताल पूर्ण रूपमा चल्छ। ५०० शय्याको सुरुवात हुन्छ।’ विश्वविद्यालयले यसैवर्षदेखि अस्पतालमा आधुनिक स्वास्थ्य परीक्षण तथा उपचार सेवा विस्तार गर्ने तयारी गरेको छ। रजिस्ट्रार चन्दका अनुसार सिटी स्क्यान, एमआरआई र क्याथ ल्याब सेवा सञ्चालनमा ल्याइनेछ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै