संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    डा. केसीको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि वार्डमा सारियो

    डा. केसीको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि वार्डमा सारियो

    संघारी न्युज
    ३० भाद्र २०७९
    1.3k
    Shares

    कैलाली । सत्याग्रहमा बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पतालको वार्डमा सारिएको छ।

    डा. केसीलाई बुधबार साँझ अस्पतालको वार्डमा सारिएको हो। अस्पतालमा कार्यरत डा. अमृत जैशीका अनुसार कमजोरी महशुस हुने, रिंगडा लाग्ने भएपछि केसीलाई वार्डमा सारिएको हो। “पछि अकस्मात समस्या नहोस् भनेर अहिले मनिटर भएको वार्डमा सारेका छौं,” डा. जैशीले भने।

    स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै आन्दोलनरत डा। केसी भदौ २७ गतेदेखि धनगढीमा सत्याग्रहमा बसिरहेका छन्। यसअघि सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन गर्न माग गर्दै डा. केसी २०औं सत्याग्रहमा बसेका हुन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com