कैलाली, ५ पुस । थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिले भादा यहि पुस १४ देखि १७ गते सम्म महोत्सव सञ्चालन गर्ने भएको छ ।
‘संरक्षण सम्बर्द्धनके लाग सक्कु जाने करी काम, संस्कृति भेष भुषा राखी हमार पहिचान’ भन्ने मूल नाराका साथ ‘थारु होमस्टे गाउँ भादा महोत्सव २०७९’ सञ्चालन गर्ने भएको हो ।

थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका संयोजक लक्ष्मी नरायण चौधरीले धनगढीमा आयोजित पत्रकार सम्मेलनमा महोत्सव बारे जानकारी दिए । उनले महोत्सको तयारी भइरहेको बताउँदै महोत्सव आयोजनाका लागि विभिन्न कमिटीहरु समेत गठन भईसकेको जानकारी दिए ।
थारु कला, संस्कृति, भेषभुषा र खानपान लोप हुन लागेको अवस्थामा युवा पुस्तालाई जानकारी दिने उद्देश्यले हरेक वर्ष महोत्सवको आयोजना गर्दै आईरहेको संयोजक चौधरीले बताए । थारु होमस्टे गाउँ भादामा २०६८ सालदेखि महोत्सवको आयोजना हुँदौ आईरहेको छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै