संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    थारु समुदायमा नाचिने मेडरी नाच लोप हुदै

    थारु समुदायमा नाचिने मेडरी नाच लोप हुदै

    संघारी न्युज
    ८ मंसिर २०८०
    3.5k
    Shares

    नवलपुर, ८ मंसिर । प्राचीन कथामा आधारित भएर थारु समुदायमा नाचिने मेडरी (माहाभारत) नाचप्रति युवाहरुले चासो नदिँदा लोप हुने खतरा बढेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) का थारु समुदायले द्वापर युगको महाभारतका मुख्यपात्र कौरव र पाँच पाण्डवको कथामा आधारित भएर नाच्ने मेडरी नाच लोप हुदै गईरहेको छ ।

    जिल्लाको मध्यविन्दु ३ लेढाहाका थारु अगुवा होमबहादुर थनेतले सय भाइ कौरव तथा पाँच पाण्डवको जन्मदेखि कुरुक्षेत्रको युद्धसम्मको कथा मेडरी नाचमा प्रस्तुत गरिने बताउनुभयो । मेडरी नाच्नुअगाडि धाजो (बाँसका दुईवटा लिङ्गो) गाडेर पूजा गरेपछि मात्रै नाच सुरु हुने उनको भनाइ छ । “धाजो हाल्दा ठूलो र सानो लिङ्गो गाडिन्छ”, उनले भने, “तीमध्ये ठूलो मर्दाना (पुरुष) र सानो जनियानी (महिला)को प्रतीकका रुपमा गाडिएको हुन्छ ।”

    अहिलेका था्रु युवाहरुले मेडरी नाच सिक्न र नाच्न नमान्दा प्राचीन संस्कृति नै लोप हुने अवस्थामा पुगेको थनेतले बबताउँछन् । मेडरी नाचमा महाभारतको सबै कथा समेतिएको हुन्छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com