संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    छोरी पढाउने अभियानमा गायिका वलीद्वारा २० लाख अक्षयकोष

    छोरी पढाउने अभियानमा गायिका वलीद्वारा २० लाख अक्षयकोष

    संघारी न्युज
    ११ मंसिर २०८०
    2.1k
    Shares

    दाङ, ११ मंसिर । गायिका कोमल वलीले आफ्नो आमाको सम्झनामा दाङका छात्राहरुलाई अध्ययन सहज होस् भन्ने उदेश्यले २० लाखको अक्षयकोष स्थापना गरेकी छिन् ।

    अक्षय कोषबाट दाङ जिल्लाका थारु समुदाय र दलित समुदायका एक एक जना छात्राहरुलाई पढ्नकोलागि छात्रवृत्ति प्रदान गरिने गरिनेछ । ‘एक जना थारु समुदाय र एक जना दलित समुदायबाट गरेर कक्षा ८ बाट उच्च शिक्षासम्म सम्पूर्ण खर्च उपलब्ध गराउने बताइएको छ ।

    ‘आमाले पढ्न पाउनु भएन,’ उनले भनिन्, ‘स्कुल जान नपाए पनि आमामा राम्रो राजनीतिक तथा सामाजिक चेत थियो, छोरीहरुले पनि पढ्नु पर्छ भनेर हामीलाई सधैं पढ्न हौसला प्रदान गर्नुहुन्थ्यो ।’ आमामा सबैका छोरी पढ्नु पर्छ भन्ने चाहन थियो । यो कोषले आर्थिक अभावले अध्ययनबाट वन्चित छोरीहरुलाई सहयोग गर्नेछ ।’

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com