संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    थारू समुदायको भुरा खेल : सुशासन प्रवर्द्धनको अभ्यास

    थारू समुदायको भुरा खेल : सुशासन प्रवर्द्धनको अभ्यास

    शत्रुघन चौधरी
    ४ माघ २०८०
    3k
    Shares

    पश्चिम तराईको थारू समुदायमा हरेक गाउँमा अहिले आागामी वर्षका लागि नयाँ नेतृत्व चयन गर्न भुरा खेल, ख्याल हुँदैछ। भुरा खेल र ख्याल एक किसिमको वर्षमा एकपटक गरिने गाउँको सबैभन्दा ठूलो आम भेला हो। यो खेलबाट प्रजातान्त्रिक पद्धतिद्वारा हरेक गाउँमा अगुवा वरघर, भलमन्सा, ककन्डार, प्रधान, गुरूवा, चौकीदार, चिरक्या चयन गरिन्छ।

    परापूर्वदेखि प्रचलनमा रही आएको वरघरलगायतको प्रणालीले समाजलाई निरन्तर अगाडि बढाइरहेको छ। समाजशास्त्रीय नियमअनुसार समाजलाई अक्षुण राख्न समुदायका हरेक पक्षको अहम भूमिका हुन्छ। समाज अघि बढ्न सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ। यसकारण थारू समुदायलाई निरन्तर अघि बढाउन, संस्कृति, परम्परा, मूल्यमान्यताको महतवपूर्ण भूमिका रहिआएको छ।

    यी सबै परम्परा, संस्कृति र समाजमा रहेका विभिन्न पात्र समाजशास्त्रीय दृष्टिकोणले भन्नुपर्दा प्रकार्यवादका उदाहरणका रूपमा लिन सकिन्छ। अर्को महत्वपूर्ण कुरा वरघर भलमन्सालगायतका हरेक पदाधिकारीहरूको सबैको आ-आफ्नै छुट्टाछुट्टै कार्यविवरण हुन्छ। स्थानीयस्तरमा सामाजिक काम होस् या विकासका काममा उनीहरूको अहम् भूमिका हुने गरेको छ। अर्को शब्दमा भन्नुपर्दा, उनीहरू गाउँको मुख्य व्यक्ति हुन्। गाउँमा कुनै पनि कार्यक्रम गर्दा वरघर, भलमन्साहरूको सहभागिता, सल्लाह, सुझाव र नेतृत्व आवश्यक पर्छ र सथमा लिनैपर्छ।
    भुरा खेल सर्वजनिक जवाफदेहिताको अनुपम उदाहरण हो। नाम जे भनेपनि यो खेलमा सार्वजनिक परीक्षण हुन्छ। सार्वजनिक सुवाई हुन्छ। अतः थारू समुदायमा परापूर्वकालदेखि नै सार्वजनिक जवाफदेहिताको अभ्यास हुँदै आएको छ।

    भुरा खेलको अर्को सुन्दर पक्ष वर्षभरीको कामको समीक्षा गर्नु, आयव्ययको लेखाजोखा गर्नु र अन्य विविध समसमायिक विषयमा छलफल गर्नु पनि हो। यो छलफलमा खुलारूपमा बहस गरिन्छ। यसमा महिला पुरूष गाउँका अगुवा बुद्धिजीवीको सहभागिता हुन्छ। अझ भनौं छपरगन्ती ९प्रत्येक घरबाट एकजना अनिवार्य० सहभागिता रहेको हुन्छ। यस खेलमा विगत वर्षमा राम्रा के-के भएरु, सुधार गर्नुपर्ने के-के छन्रु, अब कसरी जाने विषयमा व्यापक छलफल हुन्छ। निचोड निकाल्ने गरिन्छ। राम्रो काम भए पुरानैले निरन्तरता पाउँछन्। काम मन नपरे नयाँ नेतृत्व चयन गरिन्छ। नयाँ नीति नियम बनाइन्छ।

    भुरा खेल सर्वजनिक जवाफदेहिताको अनुपम उदाहरण हो। नाम जे भनेपनि यो खेलमा सार्वजनिक परीक्षण हुन्छ। सार्वजनिक सुवाई हुन्छ। अतः थारू समुदायमा परापूर्वकालदेखि नै सार्वजनिक जवाफदेहिताको अभ्यास हुँदै आएको छ। सुशासनमा पनि यस किसिमको परमपराको अहम् भूमका रहिआएको छ।

    यस अर्थमा थारू समुदायमा प्रचलित वरघर प्रणाली पारदर्शिता, जवाफदेहिता, सहभागिता, विधिको शासनलाई कर्यन्वयनमा एक कोषे ढुंगा सावित भएको छ। यसलाई निरन्तरता दिन अति जरूरी छ। वैधानिकता दिन जरूरी छ। राज्यले औपचारिकता दिन जरूरी छ। बरघर ऐन थारू बहुल क्षेत्रमा लागू गर्न अति आवश्यक छ। यसले सुशासन प्रवर्द्धनमा ठूलो टेवा दिनेछ। अन्ततः देश विकासमा अहम् भूमिका खेल्ने छ।
    भुरा खेल सफलताको शुभकामना। अन्नपूर्णबाट ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com