संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    कैलारीमा रैथाने थारु खाना प्रर्दशनी

    कैलारीमा रैथाने थारु खाना प्रर्दशनी

    संघारी न्युज
    १५ माघ २०८०
    3.5k
    Shares

    कैलाली । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ४ स्थित ‘के गाउँ’ मा रैथाने थारु खाना प्रर्दशनी भएको छ ।

    खाना प्रर्दशनीमा कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले थारु समुदाय आर्थिक रुपमा कम्जोर भएपनि रिति, कला संस्कृतिमा धनी रहेको बताए ।

    उनले भने, ‘थारु समुदायमा हरेक महिनामा गाउने गीतबाँस छ । भोजविवामा गाउने आफनै मौलिक गीतबाँस छ । धेरै किसिमका चाड पर्व छ, भेषभुषा, पहिरन, गरगहना छ । त्यो हाम्रो पहिचान हो ।’

    परम्परागत रिति संस्कृति संरक्षण गर्न नसकेर हाम्रो पहिचान हराउदै गईरहेको छ । थारु समुदायमा हरेक बर्षको माघ महिनामा चुनिने भल्मन्सा प्रथालाई कानूनी मान्यता दिन पनि तयार रहेको बताए ।

    उनका अनुसार गाउँपालिकामा दर्ता भएको भल्मन्सा ऐनलाई संशोधन गर्दै भल्मन्साको हकअधिकार सुनिश्चित गर्न तयार छौं । भल्मन्सा बलियो भए मात्र गाउँ समाजको विकास गर्न सक्छन । भल्मन्सा गाउँको साझा व्यक्ति हुन । उनीहरु गाउँसमाजको विकास निस्वार्थ भावानाबाट सेवा प्रदान गर्नुपर्छ ।

    कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष प्रेमबहादुर चौधरी थारु समुदायको रैथाने खानाको सम्बद्र्धनको साथै रिति संस्कृतिलाई लौवा पुस्तामा हस्तान्तरण गर्न आवश्यक रहेको बताए । कार्यक्रममा सहास नेपालको परियोजना अधिकृत नरेश चौधरी, जनकल्याण माविका प्रअ हनुमान चौधरी, नागरिक उन्मुक्ती पार्टीका जगमानु चौधरी, गाउँपालिका स्तरीय भल्मन्सा समितिका संयोजक सन्तराम चौधरीलगायतले मनतव्य व्यक्त गरेका थिए ।

    कार्यक्रम कैलारी गाउँपालिका वडा नम्बर ४ को आयोजना तथा सहास नेपालको सहकार्य र सहयोगमा भएके थियो।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com