संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    क्यानडाले नेपाललाई दियो २८६ रनको लक्ष्य

    क्यानडाले नेपाललाई दियो २८६ रनको लक्ष्य

    संघारी न्युज
    २७ माघ २०८०
    2k
    Shares

    काठमाडौं । एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा क्यानडाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ।

    क्यानडाले राम्रो शुरुआत गरेको थियो। मध्यतिर नेपालले लगातार विकेट लिएपछि दबाबमा परेको थियो। तर पुछारका ब्याटरले राम्रो प्रदर्शन गरेपछि प्रतिस्पर्धात्मक स्कोर बनाएको हो।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार टस जितेर ब्याटिङ रोजेको क्यानडले नौ विकेटको क्षतिमा २५ रन बनाएको हो। क्यानडाका लागि आरोन जोनसनले ६५, नवनीत धलिवालले ४६, श्रेयस मोभ्वाले ४० र प्रगत सिंहले ३८ रन बनाए।

    नेपालका लागि कुशल मल्ल र रोहित पौडेलले दुई दुई तथा सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफले एक एक विकेट लिए।

    तीन खेलको एकदिवसीय शृङ्खलाको पहिलो खेल नेपालले जितेको थियो।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com