त्रिदेशीय टी-२० क्रिकेट शृंखलाको उपाधिका लागि आज नेपाल र नेदरल्यान्डस् प्रतिस्पर्धा गर्दै छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेटमा मैदानमा आज बिहान ११:३० बजे फाइनल खेल शुरु हुनेछ। फाइनल खेलका सबै टिकेट बिक्री भएको नेपाल क्रिकेट संघले जनाएको छ। दर्शकको प्रवेशका लागि बिहान ८ बजे मैदानको गेट खुल्ने भएको छ।
नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो। समूह चरणमा नेपालले शुरुआति दुवै खेल हारेको थियो भने पछिल्लो दुई खेल जितेर फाइनलको यात्रा तय गरेको थियो।
नेदरल्यान्डस् अंकतालिकाको शीर्षस्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो। नेदरल्यान्डस्ले दुई खेल जितेको थियो भने अन्तिम खेल पानी परेर रोकिँदा नामिबियासँग एक-एक अंक बाँडेको थियो।
नेपाल र नेदरल्यान्डस्बीच भएका पछिल्ला पाँच खेलमा नेपाल नै बलियो देखिएको छ। नेपालले तीन खेल जितेको छ भने नेदरल्यान्डस्ले दुई खेलमा जित हासिल गरेको छ।
दुवै देशले खेलेका छुट्टा छुट्टै खेलमा भने नेदरल्यान्डस्को रिकर्ड राम्रो छ। पछिल्ला पाँच खेलमा नेरल्यान्डस्ले तीन खेल जितेको थियो भने एक खेलमा हार बेहोरेको थियो। एक खेल नजिताविहीन भएको थियो।
नेपालले भने पछिल्ला पाँचमध्ये दुई खेल जितेको थियो। दुई खेलमा हार बेहोरेको थियो भने एक खेल बराबरीमा टुंगिएको थियो।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै