संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    को भयो थारू राष्ट्रिय म्युजिक अवार्ड विजेता

    को भयो थारू राष्ट्रिय म्युजिक अवार्ड विजेता

    संघारी न्युज
    २५ चैत्र २०८०
    3k
    Shares

    धनगढी । थारू राष्ट्रिय म्युजिक अवार्डका विजेताहरुको नाम लिस्ट सार्वजनिक भएको छ । बर्दगोरिया इभेन्ट एन्ड मार्केटिङ प्रालिले धनगढीमा आयोजना गरेको एक समारोहका बीच सो विजेताहरुको नामावली घोषणा गरिएको हो ।

    आयोजकका अनुसार सर्वोत्कृष्ट आधुनिक गायन (पुरुष)को अवार्ड आर के थारू र सर्वोत्कृष्ट आधुनिक गायन (महिला) को अवार्ड अनु चौधरीले जितेकी छन् । यसैगरी सर्वोत्कृष्ट लोक गीत गायन (पुरुष)को अवार्ड दर्पण कुशुम्या र सर्वोत्कृष्ट लोक गीत गायन (महिला)को अवार्ड सोनु कुश्मीले जितेकी छन् ।

    सर्वोत्कृष्ट गायन (पुरुष)तर्फ आर के थारू र सर्वोत्कृष्ट गायन (महिला)तर्फको अवार्ड समीक्षा चौधरीले जितेकी छन् ।सर्वोत्कृष्ट गीत लेखकको अवार्ड महेश कुचिलाले जितेका छन् भने सर्वोत्कृष्ट संगीतकारको अवार्ड आर के थारूले जितेका छन् । थारूले सर्वोत्कृष्ट गीत वर्ष २०८० को अवार्ड पनि हात पारेका छन् ।

    सर्वोत्कृष्ट म्युजिक भिडियो छायांकारको अवार्ड सतिष सिन्हाले जितेका छन् भने सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड हिरा चौधरीले जितेका छन् । सर्वोत्कृष्ट मोडल (पुरुष)तर्फको अवार्ड नरेश चौधरीले जित्दा महिलातर्फ मुस्कान चौधरीले जितेकी छन् ।

    सर्वोत्कृष्ट नव प्रतिभा मोडल पुरुष तर्फको अवार्ड आर्यन चौधरीले जित्दा महिलातर्फ नेहेल्जा चौधरीले जितेकी छन् ।सर्वोत्कृष्ट युगल मोडलको अवार्ड रोनी र दिपिका चौधरीले जितेका छन् । सर्वोत्कृष्ट शृङ्गारको अवार्ड अम्रता राजवीरले जितेका छन् । सर्वोत्कृष्ट नव प्रतिभा गायनको अवार्ड विक्रम चौधरीले जितेका छन् । यसैगरी सर्वोत्कृष्ट आइटम मोडल महिला तर्फको अवार्ड सदिक्षा चौधरीले जितेकी छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com