संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै

    विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै

    संघारी न्युज
    २४ जेष्ठ २०८१
    1.7k
    Shares

    फिफा विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत आज नेपालले यूएई विरुद्ध खेल्दै छ।

    नेपाली समय अनुसार आज राति ९स्४५ मा साउदी अरेबियाको प्रिन्स मोहम्मद बिन फाहद रंगशालामा खेल हुँदै छ। यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामै हुने तय भएको थियो। तर रंगशालाको मापदण्ड नपुगेको भन्दै एएफसी ९एशियन फूटबल महासंघ० ले ‘न्यूट्रल भेन्यू’ मा गर्न निर्देशन दिएपछि नेपाली टोली साउदी पुगेको हो।

    नेपाल र यूएई समूह ‘एच’ मा छन्। यो समूहमा बहराइन र यमन पनि छन्। हालसम्म नेपालले चार खेल खेलेको छ। तर, अहिलेसम्म कुनै खेल पनि जित्न सकेको छैन। नेपाल अंक तालिकामा पुछारमा छ।

    यता यूएई भने चारमध्ये चारै खेल जितेर अंक तालिकामा समूहको शीर्ष स्थानमा छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com