संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    थारु भाषाको पाठ्यक्रम प्रवोधीकरण तालिम सम्पन्न

    थारु भाषाको पाठ्यक्रम प्रवोधीकरण तालिम सम्पन्न

    संघारी न्युज
    ४ असार २०८१
    1.7k
    Shares

    सामुदायिक र निजी दुवै तहको विद्यालयमा थारु भाषा अनिवार्य लागु गर्ने बारबर्दिया नगरपालिका पहिलो प्रयास सफल भएको छ ।

    बर्दियाको बारबर्दिया नगरपालिकाबाट तयार लिरौसी थारु भाषक स्थानीय पाठ्यक्रम बारबर्दिया गौरब (कक्षा १–३) को ३ दिने प्रवोधीकरण तालिम सम्पन्न भएको छ ।

    जेठ ३२ देखि असार २ गतेसम्म अंशुवर्मा उच्च मावि जयनगरमा भएको पाठ्यक्रम प्रवोधीकरण तालिमको समापनको अवसरमा बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारुले भने,‘यस पालिकामा ७३ प्रतिशत थारुहरुको वसोवास भएकोले थारु भाषाको पढाई सामुदायिक र निजी दुवै तहको विद्यालयमा अनिवार्य रुपले लागु गर्न थालिएको हो ।’ थारु भाषाको पठनपाठनले विद्यार्थी वर्गलाई ज्ञान हासिल गर्न अझ सहज हुने उनको भनाई थियो ।

    स्मरण रहोस्, बारबर्दिया नगरपालिकाले स्थानीय पाठ्यक्रम बारबर्दिया गौरब नेपाली भाषामा हाल पठनपाठन गरिरहेको छ । अधिकांश विद्यार्थीलाई स्थानीय पाठ्यक्रम पनि नेपालीबाट उल्था गरेर थारु भाषामै पढाउनुपर्ने अवस्थाले थारु भाषाकै पुस्तकमा जोड दिइएको बारबर्दिया नगरपालिकाका शिक्षा शाखा प्रमुख टीकानाथ गोसाईंले बताए । सामुदायिक र निजी दुवै तहको विद्यालयमा थारु भाषा अनिवार्य लागु गर्ने बारबर्दिया नगरपालिका पहिलो भएको उनले जानकारी दिए ।

    तालिमको समापनमा प्रशिक्षार्थीहरु सुष्मासागर देवकोटा, जगतराम थारु, विष्णु चौधरीले तालिम निकै फलदायी रहेको बताए । तालिममा १९ महिला तथा २२ पुरुष गरी ४१ जनाको सहभागिता रहेको थियो ।

    तालिममा राधाकृष्ण थारु जनसेवा केन्द्र तथा प्लान नेपालको सहकार्य रहेको थियो । यसैगरी, तालिमका प्रशिक्षकद्वय डा कृष्णराज सर्वहारी र नरेशकुमार चौधरी रहेका थिए ।

    स्मरण रहोस्, लिरौसी थारु भाषक स्थानीय पाठ्यक्रम बारबर्दिया गौरब (कक्षा १–३) को सार्वजिनिकीकरण जेठ ३१ गते एक कार्यक्रमका बीच गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि डा गोपाल दहित, बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारु, उपप्रमुख रत्नकुमारी पाण्डे, प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, लेखक डा कृष्णराज सर्वहारीलायतले पाठ्यक्रम सार्वजनिक गरेका थिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com