कैलाली । धनगढीमा फुटबल प्रशिक्षण केन्द्र निर्माणकालागि एन्फा र उपमहानगर पालिका बिच सम्झौता भएको छ । फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न पहिलो चरणमा एक लाख अमेरिकन डलर अर्थात एक करोड ३४ लाख ३३ हजार नेपाली रुपैयाँ विनियोजन भएपछि सम्झौता भएको हो ।
फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्नका लागि धनगढी उपमहानगरपालिका र अखिल नेपाल फूटबल संघ एन्फाबीच सम्झौता भएको हो ।
सम्झौतामा एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्वाङ र उपमहानगरपालिका मेयर गोपाल हमालले हस्ताक्षर गरेका छन् । मेयर हमालका अनुसार उक्त कार्यक्रममा एन्फाका केन्द्रीय सदस्य एवं कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्लको पनि सहभागिता थियो ।
धनगढी उपमहानगरपालिका-१८, फूलबारीमा फुलबल प्रशिक्षण केन्द्र निर्माणका लागि दुवै पक्षबीच हस्ताक्षर गरी सम्झौता कार्यक्रम सम्पन्न भएको छ, मेयर हमालले भने, फूलबारीको डिपोबजार नजिक धनगढी उपमहानगरपालिकाले उपलब्ध गराएको ५ बिघा जग्गामा कम्तिमा पाँच हजार जना दर्शक बस्ने प्याराफिटसहितको प्रशिक्षण केन्द्र (एकेडेमी) निर्माणका लागि सम्झौता भएको हो ।
फुटबल एकेडेमीले धनगढीको आर्थिक विकासका लागि महत्त्वपूर्ण योगदान गर्ने मेयर हमालको विश्वास छ । अखिल नेपाल फुटबल संघको भदौ ११ र १३ मा बसेको बैठकले कैलालीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न बजेट विनियोजन गर्ने निर्णय गरेको थियो । सुदूरपश्चिममै पहिलोपटक धनगढीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न लागिएको हो ।
यसअघि कैलालीकै टीकापुरमा प्रशिक्षण केन्द्र निर्माण गर्ने तयारी थियो । तर, जग्गा व्यवस्थापन हुन नसक्दा उक्त योजना अलपत्र परेको थियो ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै