संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    विपिन जोशी जीवितै छन् : इजरायली राजदूत वास

    विपिन जोशी जीवितै छन् : इजरायली राजदूत वास

    संघारी न्युज
    २१ मंसिर २०८१
    1.4k
    Shares

    काठमाडौं । नेपालका लागि नवनियुक्त इजरायली राजदूत शमुलिक ए. वासले प्यालेस्टिनी समूह हमासले १४ महिनादेखि बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशी जीवितै रहेको बताएका छन् ।

    बिहीबार काठमाडौंमा पत्रकारहरुसँगको भेटमा राजदूत वासले अरबी देशको स्रोतबाट जोशी गाजा क्षेत्रमा जीवितै रहेको सूचना पाएको बताए ।

    राजदूत वासले विपिनलाई राखिएको ठाउँ भने अझै पहिचान भइनसकेको बताए । कञ्चनपुरका जोशीलाई हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलको अलमिम किवुजबाट बन्धक बनाई गाजा क्षेत्र लगेको थियो । ‘हाम्रा लागि विपिन निकै महत्वपूर्ण छन्, राजदूत वासले विश्वास सहित भने, उनी छिट्टै काठमाडौं फर्किनेछन् ।’

    हमासले विपिनसहित २ सय ५१ जनालाई बन्धक बनाएर गाजा क्षेत्र लगिएको थियो । त्यसमध्ये दुई पटक भएको युद्धविराममा १ सय ५ जना रिहा गरिएको थियो भने ८ जनालाई इजराइली सेनाले उद्धार गरेको थियो । बन्धकमध्ये ३४ जनाको शव गाजा क्षेत्रमा भेटिइसकेको छ ।

    इजरायलका अनुसार विपिनसहित ९६ जना अझै हमासको नियन्त्रणमा छन् । उनीहरुको रिहाईका लागि पहल भइरहेको राजदूत वासले बताए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com