कैलाली । सुदूरपश्चिम प्रदेशसभाको बैठकमा अधिकांश सांसदले सरकारका कामले गति लिन नसकेको टिप्पणी गरेका छन् । चार महिनापछि बसेको बैठकमा विशेष समयमा सत्तारूढ कांग्रेसका प्रमुख सचेतक विक्रम धामीले प्रदेश सरकारप्रति गुनासो बढ्दै गएको बताए ।
प्रदेशलाई बदनामीबाट मुक्त गर्न सबै मिलेर वातावरण मिलाउन आवश्यक रहेको उनको भनाइ थियो । अर्को सत्तारूढ दल नागरिक उन्मुक्तिका सांसद रामेश्वर चौधरीले सरकारका संयन्त्रहरू चलायमान नहुँदा समस्या भएको बताए । संसदीय समितिसमेत सक्रिय नभएको बताउँदै उनले प्रदेश सरकारप्रति नागरिकमा वितृष्णा बढ्दै गएको जनाए ।
सत्तारूढ दल एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सहकारी ठगी प्रकरणमा सुदूरपश्चिममा पनि छानबिन कमिटी गठन गर्नुपर्ने बताए । विभिन्न जिल्लामा ‘सहकारी ठगहरू’ उदाएको उनको भनाइ थियो । प्रमुख प्रतिपक्षी दल माओवादीको संसदीय दलका नेता मानबहादुर धामीले स्थायी राजधानी स्थापनाका विषयमा वर्तमान सरकार बेखबर रहेको टिप्पणी गरे ।
एकीकृत समाजवादीका प्रकाश रावलले चार महिनासम्म प्रदेशसभा बैठक नहुँदा सरकार हराएको टिप्पणी गरे । ‘जता गयो त्यतै गाली खानुपर्ने अवस्था छ । यो अवस्था हामीबाटै सिर्जना भएको हो,’ उनले भने, ‘प्रदेश सरकारको औचित्य छैन भन्न थालिएको छ । यो अवस्थालाई सुधार्न आवश्यक छ ।’
विष्टले मुख्यमन्त्रीले झूट बोल्ने गरेको आरोप लगाइन् । स्वतन्त्र सांसद तारा जोशीले लामो समयपछि बैठक बसेकाले आफूलाई भर्खर चुनाव जितेर आएको जस्तो अनुभूति भएको भन्दै कटाक्ष गरे । उनले मुख्यमन्त्रीले कार्यतालिका बनाएर काम गर्नुपर्नेमा जोड दिए । आइतबारकै बैठकमा संसदीय समितिका सभापतिको निर्वाचन तालिका सार्वजनिक गर्न सभामुख भीमबहादुर भण्डारीले निर्देशन दिएका छन् ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै