संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    आजदेखि बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले सम्बोधन गर्ने

    आजदेखि बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले सम्बोधन गर्ने

    संघारी न्युज
    १२ बैशाख २०८२
    1.2k
    Shares

    काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको पहिलो बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । संघीय संसद्को बजेट अधिवेशनकोलागि बैठक बोलाइएको हो ।

    संसदको हिउँदे अधिवेशन गत चैत १९ मा अन्त्य भएको थियो । त्यसयता केही समय सांसदहरु फुर्सदिला भएका थिए । त्यसको तीन साता पछि बैठक बस्न लागेको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाको बिदापछि अधिवेशन सुरु गर्ने तयारी गरेपनि शिक्षकहरुको आन्दोलनको दबाबले संसदको बजेट अधिवेशन केही दिन अगावै बोलाइएको हो ।

    शैक्षिक हड्ताल गरेर काठमाडौंका सडकमा प्रदर्शन गरिरहेका शिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेका छन् । तीन सातादेखि सडकमा उत्रिएका शिक्षकलाई विश्वासमा लिन सरकारले अधिवेशन अघि सारेको हो । साथै, अधिवेशनको सुरुआतीमै विधेयक पारित गर्ने निर्णय पनि गरेको छ । तर, शिक्षकहरुले भने विश्वास गरेका छैनन् । आन्दोलन जारी राखेका छन् ।

    बजेट अधिवेशनको पहिलो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तय भएको छ । प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । ‘बैठकको सुरुमै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यतालिका तय भएको छ’, बर्तौलाले भने, ‘उनले पछिल्लो समसामयिक विषयबारे आफ्ना धारणा राख्नुहुनेछ ।’

    यसबाहेक आज संसदमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com