संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    नितिका नेपालको प्रतिनिधित्व गर्दै अस्ट्रेलासियन इकोनोमिक्स ओलम्पियाडमा सहभागी हुन अस्ट्रेलिया जाँदै

    नितिका नेपालको प्रतिनिधित्व गर्दै अस्ट्रेलासियन इकोनोमिक्स ओलम्पियाडमा सहभागी हुन अस्ट्रेलिया जाँदै

    संघारी न्युज
    १३ असार २०८२
    1.4k
    Shares
    धनगढी ।  शैक्षिक उत्कृष्टता र अन्तर्राष्ट्रिय पहिचानतर्फ एक कदम अघि बढ्दै, एसपीए कलेजकी मेधावी विद्यार्थी नितिका अवस्थी अस्ट्रेलिया जाने भएकी छन् । अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने अस्ट्रेलासियन इकोनोमिक्स ओलम्पियाड २०२५ मा नेपालको प्रतिनिधित्व गर्न अबको केही दिनमा नितिका अस्ट्रेलियाको सिड्नी उड्ने भएकी हुन् ।
    यसै वर्षको प्रारम्भमा आयोजित छैटौँ नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५ मा सहभागी भई नितिकाले रजत पदक जित्दै आफ्नो प्रतिभाको प्रभावशाली परिचय दिएकी थिइन्। उनको यही सफलता र समर्पणको फलस्वरूप अब उनले अन्तर्राष्ट्रिय स्तरमा एसपीए कलेज, सुदूरपश्चिम प्रदेश मात्रै नभई नेपालको नाम उच्च बनाउने अवसर प्राप्त गरेकी छन्।
    एसइई मा ४ जिपिए ल्याउन सफल, एसपीए कलेजमा कक्षा ११ मा अध्ययनरत नितिकाको अर्थशास्त्रमा गहिरो रुचि, लगनशील अध्ययन र प्रतिस्पर्धात्मक क्षमताको उत्कृष्ट संयोजन अहिले पहिचान बन्दै गएको छ। भने एसपीए कलेजले यस्ता होनहार विद्यार्थीलाई उत्प्रेरणा दिँदै ज्ञान र नेतृत्व क्षमताको विकासमा निरन्तर योगदान दिइरहेको छ।
    “नितिकाको यो सफलता सम्पूर्ण नेपाली विद्यार्थीका लागि प्रेरणाको स्रोत हो,हामी सधैँ अनुशासित मेहनती, लगनशील र प्रतिभाशाली विद्यार्थीहरू को उत्कृष्ट भविष्य निर्माणको लागि प्रयत्नशील रहन्छौँ ।” कलेजका प्रमुख योगराज गौतमले भने ।
    एसपीए कलेजका प्राचार्य, शिक्षकगण, सहपाठीहरू र सम्पूर्ण शिक्षा प्रेमी वर्गले नितिकालाई यो अन्तर्राष्ट्रिय यात्राका लागि शुभकामना व्यक्त गरेका छन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com