संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सुदूरपश्चिमका वनमन्त्री रामेश्वर चौधरी बर्खास्त

    सुदूरपश्चिमका वनमन्त्री रामेश्वर चौधरी बर्खास्त

    संघारी न्युज
    १९ असार २०८२
    1.1k
    Shares

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका छन् ।

    मन्त्री हटाएपछि उक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले आफूसँग राखेका छन् । आर्थिक विवादमा मुछिएको भन्दै मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई असार ३ गते राजीनामा दिन निर्देशन दिएका थिए ।

    मन्त्री चौधरीले खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिमा कार्यकारी निर्देशक नियुक्त गर्दा आफूसंग कुनै सल्लाह नगरेपछि रुष्ट भएका मुख्यमन्त्री शाहले त्यसलगत्तै राजीनामा मागेका थिए ।

    तर मन्त्री चौधरीले राजीनामा नदिने अडान लिएका थिए । उनले राजीनामा नदिने भन्दै बर्खास्त गर्न चुनौति दिएका थिए । प्रदेश सभाबाट बजेट पारित भएको दोस्रो दिन मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई हटाएका हुन् ।

    आर्थिक लेनदेनको आरोपमा नागरिक उन्मुक्ति पार्टीका वनमन्त्री लक्ष्मणकिशोर चौधरीलाई राजिनामा गर्न लगाएका मुख्यमन्त्री शाहले सोही पार्टीको सिफारिसमा जेठ ४ गते रामेश्वर चौधरीलाई मन्त्री नियुक्त गरेका थिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com