संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    थारू भाषाको पाठ्यपुस्तक निर्माण

    थारू भाषाको पाठ्यपुस्तक निर्माण

    सन्तोष दहित
    २० असार २०८२
    1.6k
    Shares

    दाङ । घोराही उपमहानगरपालिकाले कक्षा तीनको लागि थारू भाषा पाठ्यक्रम निर्माण गरेको छ । थारु कल्याणकारिणी सभा दाङको सहायताले तयार परिएको पाठ्य पुस्तकको लेखन शिक्षक माधव चौधरी, विष्णुराज चौधरी, विकास चौधरी, लक्ष्मीमान चौधरी र पूर्णा चौधरीले गरेका थिए ।

    थारू भाषालाई सरकारी कामकाजी भाषाकारुपमा निर्णय गरेपछि विगत तीनवर्षदेखि घोराहीमा कक्षा १ बाट थारू भाषाको पाठ्यपुस्तकनै तयार पारेर घोराहीको बेलुवा बञ्जाडीमा पढाउन सुरु गरिँदै आएको छ । त्यसैलाई निरन्तरता दिँदै कक्षा तीनको लागि घोराही उपमहानगरले पाठ्यक्रम तयार गरेको हो।

    यसैबिच थारू कल्याणकारिणी सभा दाङ र थारू भाषाको पाठ्यक्रम लेखन मण्डलले तयार पारेको तीन कक्षाको पाठ्यपुस्तक घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीलाई हस्तान्तरण गरेको छ । सोही अवसरमा घोराही अवसरमा बोल्दै घोराहीका नगरप्रमुख नरुलाल चौधरीले थारू भाषाको पढाइले थारू समुदायका बालकहरुलाई क्षमतावान बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।

    यसैगरी उपप्रमुख हुमा डिसीले थारू भाषामा पढाइ हुनु सुखद कुरा भएको बताए । त्यस्तै नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासन, विभिन्न वडाका अध्यक्षहरु, सरोकारवाला निकायहरुको सहभागिता थियो । कार्यक्रममा पुस्तक लेखन कार्यसम्पादन मण्डलका संयोजक माधव चौधरीले पुस्तकको बारेमा जानकारी गराए । कार्यक्रमको सहजीकरण विपना बर्तौलाले गरे ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com