संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    कैलारी गाउँपालिका महिला ढकिया, डालो र बास्केट व्यवसायमा

    कैलारी गाउँपालिका महिला ढकिया, डालो र बास्केट व्यवसायमा

    संघारी न्युज
    ८ साउन २०८२
    2.5k
    Shares

    कैलाली । कैलाली जिल्लाको कैलारी गाउँपालिका उद्यम विकास शाखा (मेडपा) द्धारा सञ्चालित ढकिया डालो र बास्केट बनाउने तालिम पछि महिलाहरु व्यवसाय संचालन गर्न थालेका छन् ।

    तालिममा सहभागी सप्तरंगी लघु उद्यमी समूहले साना उद्यमीहरु माया गरौं, आफ्नो स्थानीय उत्पादनको प्रयोग गरौं भन्ने नाराले ढकिया डालो र बास्केट उत्पादन व्यवसाय संचालन गर्न थालेको बताएका छन् ।

    महिलबाट संचालन गरेको व्यवसायले कैलारी गाउँपालिकाको उपाध्यक्ष भगवती कुमारी चौधारीले उदघाटन गरेका थिईन् । उनले कार्यक्रमको सम्बोधन गर्दै महिलाहरुको सीप देखेर खुशी लागेको बताईन् ।

    उले गाउँपालिकाबाट आयमुलक सीपमुलक तालिम लिएका व्यक्तिहरु व्यवसाय सुरु गरेर रोजगार सृर्जन गरेको बताए ।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com