संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    आवश्यक मात्रामा आयोडिनको उपभोग

    आवश्यक मात्रामा आयोडिनको उपभोग

    संघारी न्युज
    १९ माघ २०८२
    963
    Shares

    अविकसित मुलुकका जनसङ्ख्याले आवश्यक मात्रामा आयोडिनको उपभोग गर्न पाएका छैनन् । विकसित मुलुकमा भने खाद्य पदार्थ तयारीका क्रममा नष्ट भएका खाना खानाले आयोडिनको कमी भएको पाइन्छ । यसको कमीबाट विभिन्न स्वास्थ्य समस्या देखा पर्छ । विश्वका दुई अर्बभन्दा बढी जनसङ्ख्या आयोडिनको कमीबाट उत्पन्न शारीरिक, मानसिक तथा अन्य समस्याबाट पीडित छन् ।

    नेपालमा सामाजिक व्यापार अभियानमार्फत नुनमा आयोडिन मिसाउने नीति स्वास्थ्य मन्त्रालयले सन् १९७३ मा ल्याएको हो । त्यसलाई निरन्तरता दिँदै २०५४र५५ सालदेखि बर्सेनि फेबु्रअरी महिनालाई ‘दुई बालबालिकाको चिह्न’ भएको प्याकेटको आयोडिनयुक्त नुन प्रवर्धन गर्न सुरु गरिएको हो । आयोडिनको कमीबाट कुपोषित बालबालिकामध्ये एसियामा ११ लाखभन्दा बढी सिस कम तौल ९२५०० ग्रामभन्दा कम० का जन्मन्छन् । दक्षिण एसियाका झन्डै ८० हजार बालबालिकामध्ये आधा जति आयोडिनलगायतका पोषक तत्वको कमीबाट कुपोषित भएको छन् । संयुक्त राष्ट्रसङ्घीय बालकोष ९युनिसेफ० का अनुसार नेपाललगायत विकासोन्मुख मुलुकका ३० प्रतिशत घरपरिवारले आयोडिनयुक्त नुन सेवन गर्दैनन् । साथै चार करोडभन्दा बढी नवजात शिशु तथा बालबालिका आयोडिनको कमीको जोखिममा परेका छन् ।

    नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण–२०२२ तथा स्वास्थ्य सेवा विभागको २०८०र८१ को वार्षिक प्रतिवेदन अनुसार नेपालको मातृ मृत्यु दर प्रति एक लाख जीवित जन्ममा १५१ जना, एक वर्षमुनिका शिशुमध्ये प्रति हजार २१ जनाको मृत्यु हुने गर्छ भने १२ प्रतिशत जति कम तौल भएका जन्मने गर्छन् । पाँच वर्षमुनिका बालबालिकामध्ये उमेर अनुसार तौल नपुगेका २७ प्रतिशत र बामपुड्केको ३२ प्रतिशतभन्दा बढी छ । नेपालमा बर्सेनि ५० हजारभन्दा बढी बालबालिकाको ज्यान जाने गरेको छ । तीमध्ये ६० प्रतिशतभन्दा बढी आयोडिनको कमीबाट उत्पन्न कुपोषणका कारणले ज्यान गुमाउने गरेका छन् । साथै शारीरिक तथा मानसिक समस्याका साथै अनुत्पादक र दीर्घ असक्षम जीवन बिताउने गरेका छन् । हालसम्म ९४ प्रतिशत घरपरिवारले मात्र आयोडिनयुक्त नुन प्रयोग गरेको पाइए पनि सही किसिमले प्रयोग ९खरिद, भण्डारण० गर्ने कमै छन् । केही महिनाअघि आयोडिनयुक्त नुनको उपभोगसम्बन्धी सात वटै प्रदेशमा गरिएको एक अध्ययन प्रतिवेदनमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड ९५० पिपिएम० भन्दा बढी उपभोग गरेको पाइएको छ । अमेरिकी सहयोग नियोगको सुआहारा कार्यक्रम सञ्चालन भएको पाँच वर्ष नाघे पनि कार्यक्रम सञ्चालित प्रदेशको पोषण स्थिति बर्सेनि झन् खस्कँदो छ । यसबारे स्वास्थ्य सेवा विभागको ध्यानाकर्षण गराइए पनि सुधारतर्फ कदम चालिएको छैन ।

    थाइराइड ग्रन्थीलाई स्वस्थ राख्न, गलगाँडको जोखिम न्यून गर्न, खानालाई शक्तिमा रूपान्तरण गर्न, शारीरिक तथा मानसिक विकास गर्न, विकिरणको उपचार, लिड, मर्करी जस्ता विषाक्त पदार्थलाई शरीर बाहिर निकाल्न आयोडिन अत्यन्त आवश्यक छ । यसै गरी खुट्टाको छाला उप्किएर हुने घाउ र स्तन क्यान्सरको उपचार तथा पाचन प्रणालीलाई प्रभावकारी वनाउन यो सहयोगी हुन्छ । दिनहुँ कम्तीमा १५० माइक्रोग्राम ९एउटा सियोको टुप्पो जति० उपभोग गरेमा यसको कमीबाट हुने स्वास्थ्य समस्या आउँदैन भने आमा, शिशु तथा बालबालिकाको चौतर्फी स्वास्थ्य विकासमा सघाउँछ । आयोडिनको कमी हुँदा थाइराइड ग्रन्थीमा उत्पन्न हुने समस्याका कारणले प्रत्यक्ष वा परोक्ष रूपमा महिलामा स्तन क्यान्सरको सम्भावना हुन्छ । गर्भावस्थामा आयोडिनको कमी भएमा भ्रुणको विकास नहुने, गर्भ तुहिन सक्ने, गर्भवतीको मृत्यु हुन सक्ने, कमतौल ९२५०० ग्रामभन्दा कम० भएका शिशु जन्मन सक्छ । यसै गरी शिशुको स्नायु, शारीरिक तथा मानसिक वृद्धिरविकास अत्यन्त कम हुन्छ । गलगाँड आउने, बहिरो, लठेब्रो तथा सुस्त मनस्थितिका पनि हुन सक्छन् । यस्तो समस्या भएमा बालबालिका तथा युवाको जीवन नै अनुत्पादक बन्छ । आयोडिनले हानिकारक सूक्ष्म जीवाणुलाई नष्ट गर्नुका साथै छाला, नङ र कपाललाई स्वस्थ्य पनि राख्छ ।

    आयोडिन कमी भएमा देखिने चिह्न वा लक्षण भनेको गलगाँड देखिनु, थाइराइड ग्रन्थी सुन्निनु, छुँदा दुख्नु, काम गर्न नसक्नु, थाइराइड ग्रन्थीको असाधारण किसिमले वृद्धि हुनु, बाँझोपन हुनु, चिडचिडाहट हुनु, सास फेर्न गाह्रो हुनु, कपाल झर्नु, आवाज धोद्रो हुनु, छालामा कत्ला तथा सुक्खापन आउनु, चिसो सहन नसक्नु, तौल बढ्नु, थकाइ लाग्नु आदि ।

    असामुद्रिक खाद्य पदार्थ जस्तै सेलफिस, टुना फिस, कर्डफिस, समुद्रको नजिकको माटोमा उम्रेका वनस्पति, तरकारीजन्य खाद्यपदार्थ र गाढा रङका सागपात, फलफूल ९स्ट्राबेरी०, दुध तथा दुग्धजन्य पदार्थ, अन्डा, भटमास, लसुन र आयोडिनयुक्त नुनमा सबैभन्दा बढी आयोडिन पाइन्छ तर हाम्रो शिक्षा र चेतनाको स्तर साह्रै कम छ । भूपरिवेष्टित देश हो । त्यसैले चाहेर पनि सामुद्रिक खाद्य पदार्थ तथा फलफूल उपभोग गर्न कठिन छ । पिठो, दुध जस्ता खाद्यपदार्थमा आयोडिन मिसाए पनि सबैले खरिद गर्न सक्दैनन् । वर्षा मौसममा बाढी र पहिरोले माटोमा भएको आयोडिन पनि बगाएर लैजान्छ ।

    उच्च पहाडी क्षेत्रमा खेतीयोग्य जमिन र उत्पादित खाद्य पदार्थमा आयोडिन कम पाइन्छ । त्यहाँका बासिन्दाले आयोडिनयुक्त नुनको महत्वबारे जानकारी पाउन सकेका छैनन् । आयोडिन पनि चाहिए जति सेवन गर्न पाएका छैनन् । बरु बजारमा पाइने आयोडिन नभएको ढिके नुन सेवन गर्छन् । उपभोग गरिने नुनमा आयोडिन सही मात्रा, सही भण्डारण र उपभोग गरे नगरेको अनुगमनको अत्यन्त कमी छ ।

    आयोडिनको प्रवर्धन कसरी रु

    सरकारी संयन्त्रमार्फत आवश्यक मात्रा ९५ (पिपिएम) मा आयोडिन (आयोडाइजेसन) मिसाएर बन्द गरिएको नुनलाई सही किसिमले खरिद, ढुवानी, भण्डारण (घाम, पानी र तापव्रmमबाट बचाएर भाँडाको बिर्को टम्म बन्द) गरी राखिएको अर्थात् कम्तीमा १५ पिपिएम आयोडिनयुक्त नुन उपभोग गरेमा मात्र आवश्यक मात्रामा आयोडिन प्राप्त गर्न सकिने तथ्य अभियानमार्फत जानकारी गराउनु पर्छ ।

    जनचेतनाका माध्यमबाट सरकारले प्रमाणित गरेको दुई बालबालिकाको लोगो अङ्कित आयोडिनयुक्त नुनको प्याकेट ९आयोनुन, शक्ति, तेजनुन र भानु० मात्र उपभोग गर्न राष्ट्रिय आयोडिन प्रवर्धन महिना मनाउँदै आमजनतालाई स्वास्थ्य शिक्षा प्रदान गर्नु पर्छ ।

    खेत, बारीको माटोमा उम्रेका प्राकृतिक वनस्पति तथा तरकारीजन्य हरिया खाद्यपदार्थ, हरियो र गाढारङका सागपात, फलफूल ९स्ट्राबेरी०, दुध तथा दुग्धजन्य पदार्थ, अन्डा, माछा, भटमास, लसुनमा आयोडिन प्राप्त हुन्छ । त्यस कारण यस्ता खाद्यपदार्थ उपभोग गर्न जनचेतनारप्रोत्साहन बढाउनु पर्छ ।

    सरकारी संयन्त्रद्वारा जनसमुदायरघर परिवारस्तरसम्म प्रभावकारी अनुगमन गरी सबैले सही मात्रामा आयोडिनयुक्त नुन उपभोग गरेको सुनिश्चित गर्नु पर्छ । यसका लागि समय समयमा घरपरिवारले उपभोग गरेको नुनमा आयोडिन परीक्षण गरी सही व्यवस्थापनका साथै सस्तो मूल्यमा बिक्री वितरण गरिने आयोडिनरहित नुन उपभोगलाई निरुत्साहित गर्न नियम, कानुन, निर्देशिकाका माध्यमबाट सही व्यवस्थापन गर्नु पर्छ ।

    आयोडिनयुक्त नुन मात्र उपभोगका लागि सङ्घदेखि स्थानीयस्तरसम्मका महिला स्वास्थ्य स्वयम् सेवक, प्राथमिक स्वास्थ्य सेवा गाउँघर क्लिनिक, स्वास्थ्य संस्था, स्थानीय पालिकास्तरका कार्यकर्तालाई आयोडिन प्रवर्धन अभियानमा परिचालन गर्नु पर्छ । सरकारले आयोडिनयुक्त नुन मात्र उपभोगका लागि जनचेतना जगाउन बर्सेनि फेबु्रअरीलाई आयोडिन प्रवर्धन महिनाको रूपमा मनाउँदै आएको छ । यस अभियानमा आयोडिन प्रवर्धनमा नागरिक समुदाय, कृषि, शिक्षा, स्वास्थ्यलगायत विभिन्न मन्त्रालयरनिकायको संलग्नता, सहभागिता बढाई सङ्घदेखि स्थानीय समुदायस्तर (उपभोक्ता) सम्म विभिन्न शैक्षिक अभियानका साथै सूचना, शिक्षा तथा सञ्चार गतिविधिसहित चेतनामूलक कार्यक्रममार्फत आयोडिनको उपोयोगिता प्रवर्धन गरिनु पर्छ ।

    आयोडिनयुक्त खाद्यपदार्थको उपभोग बढाई यसको कमीबाट उत्पन्न हुने स्वास्थ्य समस्याको रोकथाम गर्ने नीति तथा शैक्षिक प्रयत्नका रूपमा आयोडिन प्रवर्धन जनस्वास्थ्य अभियान रहेको छ । त्यसैले नेपाल सरकारले नागरिकको स्वास्थ्य सुरक्षा, शारीरिक तथा मानसिक वृद्धि–विकासका लागि आयोडिन उपभोगमा जोड दिन हरेका वर्ष फेबु्रअरी महिनालाई आयोडिन प्रवर्धन महिनाको रूपमा मनाउँदै आएको छ । यस वर्ष ‘थोरै खाऔँ, सही मात्रामा खाऔँ, दुई बालबालिकाको चिह्न अङ्कित नुन खाऔँ, स्वस्थ रहौँ’ भन्ने नाराका साथ मनाइँदै छ ।

    यसरी आयोडिन प्रवर्धनको मुख्य उद्देश्य आयोडिनयुक्त नुन मात्र उपभोग गर्न जनतामा चेतना अभिवृद्धि गर्नु हो । साथै कम मात्रामा आयोडिनको उपभोग गर्ने क्षेत्रमा बसोबास गर्ने बासिन्दाका लागि पर्याप्त मात्रामा आयोडिनयुक्त नुनको उपभोग गर्न चेतना जगाउनु हो । यसले स्वस्थकर थाइराइड बनाई पाचन प्रणाली एवं मस्तिष्क विकासमा सघाउनु हो ।

    प्याजी कालो रङको धातुरहित ठोस, पोटासियम आयोडाइडसँग मिसिएको पोषिलो सूक्ष्म खनिज तत्व आयोडिन हो । यो थाइराइड हर्मोनलाई टुक््रयाउन अत्यन्त आवश्यक पर्छ । यसलाई ‘पोभिडोन’, ‘लुगोल्स’ नामले पनि चिनिन्छ । यसलाई हानिकारक जीवको सङ्क्रमण रोकथाममा प्रयोग गरिन्छ । घाँटीभित्र झन्डै स्याउरपुतली आकारको इन्डोक्रिन ग्रन्थी हुन्छ । थाइराइडले थाइरोक्सिन, ट्राइआइडोथाइरोक्सिन ९टी३, र टी४० नामक तीन किसिमका हर्मोन उत्पादन गर्छ । यसले ठिक तरिकाले काम गर्न सकेन भने पूरै शरीरले नै काम गर्न सक्दैन । सन् १८११ मा फ्रान्सेली वैज्ञानिक बर्नाड क्वारटाइजले एक किसिमको अत्यावश्यक पौष्टिक रासायनिक पदार्थ पत्ता लगाएका थिए, जसलाई दुई वर्षपछि अर्थात् सन् २०१३ मा लुइस गे लुसेले ‘आयोडिन’ को नामकरण गरे । गोरखा पत्रबाट ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com