काठमाडौँ। मनसुन प्रतिकार्य कमाण्ड पोष्टको दोस्रो बैठकले जल तथा मौसम विज्ञान विभागबाट जारी विशेष बुलेटिनका आधारमा विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ।
साउन २ र ३ गते कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू(भागका एक(दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ।
देशका हिमाली र पहाडी भू-भाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशको तराईको एक(दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको बैठकमा छलफल भएको छ।
विभागले पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जालाई रातो रङ अर्थात् प्रतिकार्य गर्नुपर्ने सूचीमा राखेको छ।
यी जिल्लाका जिल्ला सुरक्षा समिति र स्थानीय तहलाई उच्च सतर्कता अपनाउन कमाण्ड पोष्टले निर्देशन दिएको छ। भारी वर्षाका कारण अचानक बाढी, पहिरो, कटान, गेग्रान बहाव, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम हुने भएकाले रातो रङ इङ्कित जिल्लाहरूमा रातिको समयमा सवारी आवागमनमा रोक लगाउन भनिएको छ। परिस्थिति अनुसार जुनसुकै बेला सवारी आवागमन बन्द गर्न सम्बन्धित जिल्ला सुरक्षा समितिलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ। अन्य जिल्लाहरूमा समेत उच्च सतर्कताका लागि अनुरोध गरिएको छ।
बैठकले तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक लगायत सरोकारवाला सबै निकायलाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन अनुरोध गरेको छ। जोखिमयुक्त राजमार्ग र सडकहरूमा डोजर, एक्साभेटर, लोडर लगायतका साधनहरू तयारी अवस्थामा राख्न सडक विभाग र अन्य सम्बद्ध निकायलाई भनिएको छ। पूर्वसूचना तथा चेतावनी अनुसार जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति र घरपरिवारलाई विपद् आउनुपूर्व नै आवश्यकता अनुसार सुरक्षित स्थानमा स्थानान्तरण गर्न जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय र स्वयंसेवकलाई अनुरोध गर्ने निर्णय भएको छ।
यसैगरी आवश्यकता अनुसार विपद् पूर्वतयारी तथा प्रतिकार्यमा सहयोग, सहकार्य र साझेदारी गर्न विकास साझेदार संघसंस्था, नागरिक समाज, सञ्चार जगत्, निजी क्षेत्र र सम्पूर्ण नागरिकलाई बैठकले आग्रह गरेको छ। आपत्कालीन गोदामघरलाई आवश्यक परेमा तुरुन्त परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउने निर्णय समेत कमाण्ड पोष्टले गरेको छ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै