संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    महाकाली नदीको किनारमा टिकटक बनाउदै गर्दा किशोरी बेपत्ता

    महाकाली नदीको किनारमा टिकटक बनाउदै गर्दा किशोरी बेपत्ता

    संघारी न्युज
    २२ भाद्र २०८३
    414
    Shares

    कैलाली । महाकाली नदी किनारमा टिकटक बनाउने क्रममा एक किशोरी नदीमा बगेर बेपत्ता भएकी छन् । दोधाराचाँदनी नगरपालिका–१० निवासी १५ वर्षीया सृष्टि सुनार महाकाली नदीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

    सोमबार नदी किनारमा टिकटक बनाउने क्रममा सुनार नदीमा बगेकी हुन्। घटना भएलगत्तै उनको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले महाकाली नदीमा बेपत्ता किशोरीको खोजी गरिरहेको छ।

    महाकाली नदीमा पानीको बहाव तीव्र रहेकाले खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com