संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सुदुरपश्चिममा एक महिनामा २१६ सवारी दुर्घटना

    सुदुरपश्चिममा एक महिनामा २१६ सवारी दुर्घटना

    संघारी न्युज
    ३ असोज २०८३
    414
    Shares

    धनगढी । सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा चालु आर्थिक वर्ष २०८३ को भदौ महिनामा मात्रै २१६ वटा सवारी दुर्घटना भएका छन् ।

    दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने ३६५ जना घाइते भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार दुर्घटनामा ९ जनाको घटनास्थलमै र ३ जनाको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा ३५ जना गम्भीर र ३३० जना सामान्य घाइते भएका छन् ।

    साथै भदौ महिनामा ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार ३५५ सवारी साधनलाई कारबाही गरी २७ लाख ४८ हजार ५०० रुपैयाँ जरिवाना संकलन गरिएको छ । यस्तै, मादक पदार्थ सेवन गरी सवारी चलाउने ५९३ जना चालकलाई कारबाही गरी ३ लाख ४० हजार ५०० रुपैयाँ जरिवाना गरिएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com