कैलाली । जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म पूर्वानुमान गरिएको भारी तथा अति भारी वर्षाबारे कैलालीका स्थानीय तहले समुदायलाई जोखिमबाट बच्नाकोलागि गाउँ गाउँमा माईकिंग गरेर सूचना प्रवाह गर्दै आईरहेका छन् ।
मौसम प्रणालीको सम्भावित जोखिमबारे बच्नकोलागि जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीले विभिन्न माध्यबाट सूचना प्रबाह गर्दै आईरहेको जानकारी दिए । उनले भने विपद्को पूर्वतयारी र पूर्वसूचना प्रवाह गर्नु हाम्रो कर्तव्य हो । समुदायले यहि सूचनालाई आधार माने सर्तकता अपाईदिन अनुरोध गरे ।
उनले गाउँमा किसानहरुलाई केहि दिन धान नकाट्न तथा काटिसकेको धान सुरक्षित स्थानमा राख्न समेत माईकिंग गरेको जानकारी दिए । जोशीपुर गाउँपालिका बाढीको उच्च जोखिममा रहेकोले यहाँ स्थानीयहरुलाई आफ्नो आबश्यक कागजात, औषधी लगायत सुख्खा खानाको व्यववस्थापन गर्न पनि अनुरोध गरेको बताए ।
त्यसैगरि भजनी नगरपालिकाले आफ्नो वयबसायडमा सूचना प्रकाशन गर्दै यहि शुक्रबारदेखि आईतबारसम्म भारी वर्ष हुने भएकोले भजनी आसपासमा रहेका मोहना, काँडा, कन्द्र र पथरैया लगायत नदी तथा खोलामा पानीको बहाब बढ्नुसाथै कटान तथा डुबानको जोखिममा हुन सक्ने भएकोले सम्पूर्ण नगरबासीलाई सर्तक रहन अनुरोध गरिएको छ ।
साथै पालिकाका शाखा, वडा कार्यालय, सुरक्षा निकाय, स्वयमसेवक र सरोकावाल निकायलाई पूर्व तयारीमा जुट्न अनुरोध गरिएको छ ।
तराईमा धान भित्रियउने बेला ठूलो पानी पर्ने सूचना जारी भएपछि धनगढी उपमहानगरपालिका ७ का किसान रुपा चौधरी चिन्तामा छिन् । उनको खेतमा धान पाकिसकेको छ । उनले भनिन् ‘मौसम सफा भएको भए दुई तीनदिनभित्रमै धान काट्थ्यो । तर पानी पर्ने सूचना पाएपछि धानको बाला हेरेर बस्नु परेको छ ।’
टीकापुर नगरपालिकाले विपद्बाट जोगिनकोलागि तीन दिन नगरभित्रका विद्यालयमा सार्वजनिक विदा दिने सूचना जारी गरेको छ ।
विभागका अनुसार हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव छ । बंगालको खाडीमा बनेको न्यून चापीय प्रणाली थप बलियो बन्दै उत्तर–पश्चिमतर्फ सर्ने क्रममा छ । यो प्रणाली असोज ७ गते बेलुकीसम्म भारतको दक्षिण ओडिशा तथा आन्ध्र प्रदेशको तटीय क्षेत्रमा पुग्नेछ, जसको प्रभावले नेपालको पूर्व–दक्षिण क्षेत्रमा वर्षा हुनेछ । असोज ८ गते यो प्रणाली पश्चिम क्षेत्रतर्फ फैलिँदै मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा गराउनेछ ।
असोज ९ देखि ११ गतेसम्म नेपालको पश्चिमी भूभाग–गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका साथै तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुने प्रक्षेपण गरिएको छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै