काठमाडौं । गण्डकी प्रदेशका आठ जिल्लामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता बिहीबार (आज) समापन गरिँदैछ ।
प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार बिहीबार दिउँसो २ः३० बजेपछि पोखरा रंशालामा हुने समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुनेछन्।
समापन समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम, झाँकी, गीत संगीत तथा नृत्य प्रस्तुत हुने प्रचारप्रसार उपसमितिका सचिव खुसराज दाहालले जानकारी दिए।
यस्तै १० औँ राष्ट्रिय खेलकुद आयोजना हुने प्रदेशसमेत घोषणा गरी झण्डा हस्तान्तरण हुनेछ।
प्रतियोगिता समापनअघि बिहीबार नै पोखरा रंगशालामा पुरुष फुटबल प्रतियोगिताको फाइनल खेल हुनेछ।
विभागीय नेपाल आर्मी र सशस्त्र प्रहरीको एपीएफबीच स्वर्ण पदकका लागि खेल हुने आयोजकले जनाएको छ।
नवौँ राष्ट्रिय खेलकुदमा ३६ र दुई प्रदर्शन गरी ३८ खेल सञ्चालन भएका छन्। केही खेलको फाइनल सकिएको छ बाँकी बिहीबार हुनेछ।
गत असोज २८ गते उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिताको उद्घाटन गरेका थिए।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै