काठमाडौं । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आज बिहान खेलको तालिका सार्वजनिक गरेको हो।
प्रतियोगिता कात्तिक १३ देखि २६ गतेसम्म काठमाडौंको त्रिभुवन विश्वविद्यालयको खेल मैदान र मूलपानी क्रिकेट मैदानमा हुनेछ।
प्रतियोगितामा १० टोलीको सहभागिता रहने क्यानले जनाएको छ। समूह ए मा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश रहेको छ।
समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, प्रदेश १ रहेको छ। प्रतियोगिताको उद्घाटन खेलमा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। उद्घाटन खेल टियु क्रिकेट मैदानमा हुनेछ।
पहिलो दिन नै मूलपानी मैदानमा पुलिस क्लब र बागमती प्रदेशबीच खेल हुनेछ। समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै