काठमाडौं । संघीय संसदको ५ बर्ष कार्यकालमा ४ अर्ब ५७ करोड ३२ लाख ४० हजार १ सय १२ रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष २०७४र०७५ देखि आर्थिक वर्ष २०७८र०७९ मा संसदका पदाधिकारी, सांसद, स्वकीय सचिव, कर्मचारी, बैठक भत्ता, सवारी साधन मर्मत, घर भाडा लगायत विभिन्न शीर्षकमा सो रकम खर्च भएको हो ।
संसदका पदाधिकारी, सांसद, स्वकीय सचिव, कर्मचारी, बैठक भत्ता, पदाधिकारी अन्य सुविधा, पदाधिकारी अन्य भत्ता, महँगी भत्ता लगायतमा मात्रै कूल २ अर्ब ३ करोड २९ लाख ६२ हजार १ सय ९२ रुपैयाँ खर्च भएको छ ।

संघीय संसद सचिवालयका अनुसार आर्थिक वर्ष २०७४र०७५ मा कूल १ अर्ब ४ करोड १४ लाख ३६ हजार ४ सय ८१ खर्च भएको थियो । यस्तै आर्थिक वर्ष २०७५र०७६ मा १ अर्ब १९ करोड ११ लाख ९७ हजार ७ सय १९ रुपैयाँ खर्च भएको थियो ।
आर्थिक वर्ष २०७६र०७७ मा १ अर्ब १८ करोड ६ लाख ८६ हजार ४ सय ३ रुपैयाँ खर्च भएको थियो भने आर्थिक वर्ष २०७७र०७८ मा १ अर्ब ४ करोड २९ लाख ८८ हजार ४ सय ३१ रुपैयाँ खर्च भएको थियो ।
यस्तै आर्थिक वर्ष २०७८र०७९ मा कूल १ अर्ब १६ करोड ९३ लाख १२ हजार ७८ रुपैयाँ खर्च भएको छ ।
सांसदहरुले बुझे घरभाडामा २५ करोड ५७ लाख
झण्डै साढे ४ वर्षमा सांसदहरुको घरभाडाका लागि मात्र २५ करोड ५७ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । २०७४ फागुनदेखि २०७९ भदौसम्मको ५५ महिनामा सांसदहरुको आवास भाडा बापत यो रकम खर्च भएको हो । प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरी कूल ३ सय ३४ सांसदका लागि यो रकम खर्च भएको हो ।
सांसदहरुको मासिक घरभाडाका लागि मासिक ४६ लाख ५० हजार खर्च हुने गरेको छ । काठमाडौंमा घर नभएका सांसदहरूका लागि मासिक १८ हजार र काठमाडौंमा घर भएका सांसदहरुले ९ हजार रुपैयाँ घरभाडा बापत बुझ्ने गरेका छन् ।
इन्धनमा ३ करोड खर्च
इन्धन शीर्षकमा ५ वर्षमा ३ करोड २ लाख २७ हजार ३ सय ८९ रुपैयाँ खर्च भएको छ । संघीय संसद सचिवालयका अनुसार आर्थिक वर्ष २०७४र०७५ मा इन्धनका लागि २७ लाख ७३ हजार ६६६ रुपैयाँ खर्च भएको थियो ।
यस्तै आर्थिक वर्ष २०७५र०७६ मा ६९ लाख १६ हजार ३० रुपैयाँ खर्च भएको थियो भने आर्थिक वर्ष २०७६र०७७ मा ७० लाख ७४ हजार ३ सय ७१ रुपैयाँ खर्च भएको थियो । आर्थिक वर्ष २०७७र०७८ मा ७० लाख ५५ हजार ३२० रुपैयाँ खर्च भएको थियो । यस्तै आर्थिक वर्ष २०७८र०७९ मा ६४ लाख ८ हजार २ रुपैयाँ खर्च भएको छ । रातोपाटीबाट ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै