संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    तीन दिनको अविरल वर्षले भजनीको बस्ती डुबानमा

    तीन दिनको अविरल वर्षले भजनीको बस्ती डुबानमा

    संघारी न्युज
    १ असोज २०७९
    1.3k
    Shares

    कैलाली । कैलालीको भजनी नगरपालिकामा छ सयभन्दा बढी घर डुबानमा परेको छ । सुदूरपश्चिममा तीन दिनदेखि भइरहेको अविरल वर्षाका कारण नदीको बहाव बढेपछि बस्ती डुबानमा परेको हो ।

    जिल्ला प्रहरी कार्यालयका कैलालीका अनुसार अनुसार भजनी नगरपालिकाको वडा नम्बर ५, ७, ८ का विभिन्न गाउँमा करिब ६६० घर डुबानमा परेको छ । सो पालिकाको अन्य वडामा पनि डुबान भएको जनाइएको छ । त्यसको विवरण भने आईसकेको छैन ।

    घरमा पानि पसे पनि मानवीय र पशुचौपाया क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । उद्धार कार्यका लागि प्रभावित क्षेत्रमा प्रहरी टोली खटाइएको छ । कान्द्रा र पथरैया नदीको बाढीले भजनी नगरपालिका हरेक वर्ष डुबानमा पर्छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com