संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    आज नेपथ्य लाईभ कन्सर्टको हुने

    आज नेपथ्य लाईभ कन्सर्टको हुने

    संघारी न्युज
    ३ पुष २०७९
    1.5k
    Shares

    कैलाली, ३ पुस । धनगढीमा आज नेपथ्य लाईभ कन्सर्ट हुने भएको छ। कँर्सटको लागि धनगढी रंगशालामा मञ्च बनाउने काम सकिएको छ। कार्यक्रम आज बेलुकी ४ बजे धनगढी रंगशाला हुनेछ।

    धनगढीमा यसअघि पनि चारपटक उपस्थित भइसकेको नेपथ्यले यो रंगशाला मैदानमा भने आफूलाई दोश्रो पटक प्रस्तुत गर्न लागेको हो। मञ्चमा उपस्थित हुने छ जना कलाकारकासाथै प्राविधिक र ब्यवस्थापन गरेर ७० जनाको विशाल टिमसहित नेपथ्य टोली शुक्रबार दिउँसो नै धनगढी आइपुगेको छ।

    यसअघि नेपथ्यले बिराटनगर, वीरगन्ज, हेटौंडा, चितवन र नेपालगंजमा हजारौं दर्शकका बीच भब्य कन्सर्ट प्रस्तुत गरिसकेको छ। नेपथ्य ब्याण्ड नेपाल र विश्वभरि छरिएका नेपाली युवापुस्ता माझ लोकप्रिय लोक रक संगीत टोली हो। यसपटकको महिनादिन लामो नेपाल भ्रमण अन्तर्गत धनगढीमा छैठौं प्रस्तुती दिन लागिएको हो ।

    यो कन्सर्टको लाभांसले मानवता प्रवद्र्धनका साथै धनगढीमा मानवसेवा आश्रमको आफ्नै शाखा भवन बनाउने सोच लिइएको छ। त्यसैगरि यसबाट बेसहाराहरुको खाना, नाना र छानाका निम्ति अक्षयकोषको पनि स्थापना गरिनेछ। नेपथ्यले पहिलोपटक ‘सुन्दर शान्त नेपाल’ अभियान अन्तर्गत सन् २००५ मा पहिलोपटक आफूलाई धनगढीमा प्रस्तुत गरेको थियो।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com