कैलाली । कैलालीको जानकी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गणेश चौधरीले गाउँपालिकाको सामुदाय विद्यालयमा मातृभाषा शिक्षा लागु गर्न ४० लाख रुपैया बजेट विनियोजन गरेका छन् ।
उनका अनुसार जानकी गाउँपालिका थारु बाहुल क्षेत्र भएकोले यहाँको विद्यालयहरुमा थारु भाषाको पाठ्यक्रम लागु गर्ने विज्ञहरुसंग रायसुझाब लिएर कामको थालनी गरेका हुन् ।
मातृभाषामा शिक्षा प्रदान सकिने संविधानमा नै उल्लेख गरिएको छ । त्यहि बुँदालाई टेकेर अध्यक्ष चौधरीले थारु भाषाको पाठ्क्रम लागु गर्ने भनि गाउँसभाबाटै निर्णय पारित गरे । उनले भने ‘हामी यो वर्ष ४० लाख रुपैयाँ बजेट विनियोजन गरेका छौं । यस पालिकामा ३३ वटा सामुदायिक विद्यालय छन् । सबै विद्यालयमा पहिलो चरण शिक्षक र अभिभावकहरुसंग छलफल गरि कक्षा कोठाको व्यवस्थापन गर्ने तयारी जुटेका हौं ।’
अध्यक्ष चौधरीले बालबालिकाको लागि विद्यालय नै शिक्षाको मन्दिर भएकोले पछिल्लो पुस्ता बालबालिकाहरुमा मातृभाषा हस्तारण गर्न मातृशिक्षा अति नै आवश्यक रहेको बताए । उनले भने ‘हामी अरुको नक्कल गर्न एकदमै अगाडी छौं, तर आफ्नै आर्गनिकलाई विस्रिरहेका हुन्छौं । जुन कारण हाम्रो कला संस्कृति, भाषा, खानपान, रहनसहन सबै लोप भएको हो ।’
पछिल्लो पुस्तालाई जन्मजातै जबरजस्त नेपाली र अग्रेजी बोल्न सिकाईन्छ । उनीहरु थारु भाषा बोल्न जन्दैनन् । तर हामी यो बुझ्दैनौं कि आफ्नै मातृभाषाबाट बोल्न सिकाउदा बच्चाले चाँडो सिक्छ । अध्यक्ष चौधरीले भने ।
अहिलेका बच्चा प्रविधिमय भइसकेकोले सामाजमा घुलमिल हुन गाह्रो हुन्छ । तर मातृभाषा शिक्षाले तिनीहरुलाई समाजमा अन्तरघुलन गर्न मर्दत पुर्याउछ । त्यसैगरि भाषाको संरक्षण हुन्छ, एक समुदायदेखि अर्को समुदायबिच आपसी सद्भाव कामय हुनुका साथै सामाजिक दुरीपनि घट्ने भएकोले मातृशिक्षा अति नै जरुरी रहेको चौधरी बताउँछन् ।
उनी अध्यक्ष हुनुपुर्व कान्तिपुर दैनिकामा काम गर्थे । आफू पत्रकारिता गरिरहदा पाँच वर्षसम्म स्थानीय जनप्रतिनिधिहरुको सामाचार लेखेको स्मरण गर्दै भने ‘म अरु भन्दा फरक हुन चहान्छु । टाढाको यात्रा गर्नुपर्ने बाहेक गाउँपालिकाको गाडी चढ्दैन । आफ्नै मोटरसाइकलमा सवार गर्छु ।’
स्रोत व्यवस्थापनकोलागि उनको सोच अति आवश्यक बाहेक गाडी नचढ्दा सरकारी साधानको दुरूपयोग नहुने र इन्धनको समेत बचत हुने बताउँछन्। अर्को प्राथमिकताको विषय समय व्यवस्थापन हो। उनी आफूपनि समयमै गाउँपालिका पुग्छन् र कर्मचारीहरुलाई नियमन गरेका छन् । बैठक र सभासमारोह पनि समयमै सुरु गर्छन्। सेवाग्राहीका गुनासा समयमै सुन्नुपर्ने बताउँछन् । ‘जे गर्नु छ समयमै गर, समयले हामी कसैलाई पर्खेर बस्दैन।’
कार्यालय भित्र ‘जंक फुड’ निषेध
जानकी गाउँपालिका कार्यालय भित्र ‘जंक फुड’ निषेध गरिएको छ । खाजाका रूपमा चाउमिन, चाउचाउ, मःमः जस्ता खाजालाई बन्देज लगाएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत नारायण बहादुर विष्टले जानकारी दिए ।
उनका अनुसार पालिकाले नीति तथा कार्यक्रममै परम्परागत खानेकुरालाई प्रवर्द्धन गर्ने उल्लेख गरेका छ । गाउँपालिकाभित्र बैठक र सभासमारोह हुँदा खाजाका रूपमा ढिक्री र सेलरोटी खुवाउने अध्यक्षको निर्देशनलाई पालन गरिरहेका छौं ।
ढिक्री थारु र सेलरोटी पहाडी समुदायको परम्परागत खानेकुरा हो। परम्परागत खानेकुरासँग आफूहरुको पहिचान जोडिएकोले यस्ता परिकारको प्रर्वधन गर्नुपर्न पालिकाले यस्तो नीति ल्याएको उनी बताउँछन्। ‘आयातीतले हाम्रो परम्परागत खानेकुरा विस्थापित गर्यो । हामी सबै मिलेर पहिचान जोगाउनुपर्छ।’
गाउँपालिकामा कार्यक्रम गर्ने गैरसरकारी संघसंस्थालाई समेत खाजाका रूपमा परम्परागत खानेकुरालाई मात्रै प्राथमिकता दिने पालिका अध्यक्षको सुझाव छ । उनले खाजा बनाउने तालिम ढिक्री र सेलरोटीको व्यवसायीकरणमा दिइने जानकारी दिए।
सिकलसेलका बिरामीलाई लक्षितगरि अस्पताल खोल्ने
जानकी गाउँपालिकाले पाँच वर्षभित्र सिकलसेलका विरामीलाई लक्षितगरि १५ शैयाको अस्पताल खोल्ने लक्ष्य लिएको छ । सिकलसेल थारु समुदायका धेरैजसोमा लाग्ने एकप्रकारको वंशाणुगत रोग हो। थारू समुदायमा धेरै व्यक्तिमा सिकलसेल भेटिएको छ। उनीहरूले राम्रोसँग उपचार पाउन सकेका छैनन्।
वि.सं. २०६८ को जनगणना अनुसार जानकी गाउँपालिकामा जनसंख्या ४८ हजार ५४० जना रहेको छ । जस मध्ये २९ हजार ३१७ अर्थात ६०.४० प्रतिशत जनसंख्या थारु समुदायको छ । यस कारण यो क्षेत्रमा सिकलसेल एनिमियाका विरामी बढिमात्रमा देखिएको हो । अहिले सम्म अनुसन्धानमा बढीमात्रमा थारु समुदायलाई नै सिकलसेल देखिएको छ ।
अध्यक्ष चौधरीका अनुसार यहाँ विरामीहरु उपचारकोलागि टीकापुर, धनगढी र नेपालगन्ज जनपरेकोले आफ्नै पालिकामा उपचार सेवा दिने उपलब्ध गराउने उदेश्य छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै