काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा नेपाल वायु सेवा निगमका एक जना पाइलट विरुद्ध मुद्दा दर्ता गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार नेपाल वायु सेवा निगमका सम्राटबहादुर शाह विरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको छ। नक्कली प्रमाणपत्र पेश गरेको पाइएकाले पाइलट शाह विरुद्ध मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए।
शाह २०७१ फागुन १० मा नेपाल वायु सेवा निगममा जुनियर पाइलटमा नियुक्त भएका थिए। अहिले उनी आठौं तहको विमान चालक पदमा बढुवा भएर कार्यरत छन्।
उनले २०६० सालमा भारतको गोरखपुरस्थित भीएसजे इन्टर कलेजबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको बताएका थिए। त्यति वेला प्राइभेटबाट प्रथम श्रेणीमा उत्तीर्ण गरेको प्रमाणपत्र पेश गरेका थिए। त्यसकै आधारमा पाइलटको तालीम पनि लिएका थिए।
उनले भारतबाट लिएको प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियारमा उजुरी परेको थियो। त्यसमाथि छानबिन गर्दा प्रमाणपत्र नक्कली पाइएको अख्तियारको दाबी छ।
उनी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिमको कसूरमा मुद्दा दायर गरिएको हो। यो उपदफामा भनिएको छ, ‘कुनै व्यक्तिले राष्ट्रसेवकको ओहदा पाउने वा सो ओहदामा बहाल रहने वा कुनै हैसियत, लाभ वा सुविधा पाउने उद्देश्यले शैक्षिक योग्यता, नाम, तीनपुस्ते, उमेर, जात, थर, ठेगाना, नागरिकता वा योग्यता वा अन्य कुनै कुराको झूटो विवरण दिएमा वा सो सम्बन्धी झूटा प्रमाणपत्र पेश गरेमा निजलाई कसूरको मात्रा अनुसार ६ महीनादेखि एक वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म जरिवाना हुनेछ।’ हिमालखबरबाट ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै