संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    साफ यू–१९ महिला फुटबलमा नेपालको जित

    साफ यू–१९ महिला फुटबलमा नेपालको जित

    संघारी न्युज
    २१ माघ २०८०
    1.8k
    Shares

    काठमाडौं। साफ यू–१९ महिला फुटबलमा नेपालले भुटानलाई पराजित गरेको छ। बंगलादेशको ढाकास्थित बीएसएसएसएमके स्टेडियममा आइतबार भएको खेलमा नेपालले भुटानलाई १-० गोलअन्तरले पराजित गरेको हो।

    प्रतियोगितामा यो नेपालको पहिलो जित हो । नेपालका लागि सेनु परियारले ५४ औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । यसअघि भएको खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३–१ गोलअन्तरले पराजित भएको थियो। अब नेपालले माघ २३ गते भारतसँग प्रतिस्पर्धा गर्नेछ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com