संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    आदिवासीको सीपबाट राष्ट्रिय आय वृद्धि गर्न पहल : प्रधानमन्त्री

    आदिवासीको सीपबाट राष्ट्रिय आय वृद्धि गर्न पहल : प्रधानमन्त्री

    संघारी न्युज
    २१ माघ २०८०
    2.2k
    Shares

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी जनजातिको ज्ञान र सीपलाई संरक्षण एवम् प्रवर्द्धन गरि राष्ट्रिय आय वृद्धि गर्न पहल गर्ने बताए ।

    आदिवासी जनजाति आयोगको तेस्रो स्थापना दिवसमा प्रधानमन्त्रीले यस्तो बताएका हुन् । आदिवासी जनजातिको सांस्कृतिक सम्पदालाई ‘युनेस्को’मा अभिलेखन एवम् आदिवासी जनजातिको अन्तर्राष्ट्रिय श्रमसम्बन्धी महासन्धि कार्यान्वयन गर्न सरकारले यथासम्भव पहल लिने स्पष्ट पारे ।

    आदिवासी जनजाति आयोगमा साधन स्रोतको कमी रहेको, ऐनमा व्यवस्था भएबमोजिम प्रादेशिक कार्यालय स्थापनामा ढिलाइ भएको भन्ने विषयमा आफू जानकार रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले जनसङ्ख्याको अनुपातमा नीति निर्माणको तहमा आदिवासी जनजातिको प्रतिनिधित्व हुन नसकेको स्वीकार गरे ।

    उनले आदिवासी जनजाति समुदायमाथि तत्कालीन राज्यसत्ताले गरेको विभेद र उत्पीडनविरुद्ध काम गर्न आदिवासी जनजाति आयोगको भूमिका महत्त्वपूर्ण रहेको बताए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com