काठमाडौं । नेदरल्यान्ड्सविरुद्धको विश्वकप लिग २ क्रिकेट खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले शनिबार त्रिवि क्रिकेट मैदानमा टस जितेपछि नेदरल्यान्ड्सलाई पहिला ब्याटिङका लागि बोलाएको हो ।
नेपाल बिहीबार नामिबियाविरुद्ध पहिलो खेलमा अप्रत्यासित रुपमा ४ विकेटले पराजित भएको थियो । नामिबियाले टस जितेपछि ब्याटिङका लागि आएको नेपाल १ सय ३२ रनमा अलआउट भएको थियो । त्यही भएर नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ ।
नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी फर्किएका छन् । इन्टरनेसनल लिग ट्वान्टी-२० मा गल्फ जायन्ट्सबाट सहभागी हुन दुबई जाँदा दीपेन्द्रले नामिबियासँगको खेल गुमाएका थिए । उनले पवन सर्राफको स्थान लिनेछन् । त्यस्तै देव खनाललाई करण केसीको स्थानमा खेलाइएको छ ।
नेपालको प्लेइङ ११ मा सोमपाल कामी र गुल्शन झामात्र सिमरको रुपमा रहने छन् । रोहित पौडेलको कप्तानीमा रहेको नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, देव खनाल, भिम सार्की, कुशल मल्ल, दीपेन्द्र, सोमपाल, गुल्शन र ललित राजवंशी रहेका छन् ।
नेदरल्यान्ड्समा पनि रोफेल भान डेर मर्वी रहेका छैनन् । इन्टरनेसनल लिग ट्वान्टी २० मा खेलिरहेका उनको टोली दुबई क्यापिटल्सले शनिबार फाइनल खेल्दै छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै