काठमाडौं । पछिल्ला वर्षमा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा छात्राभन्दा छात्रको सङ्ख्या निरन्तर बढ्न थालेको छ । विद्यालय तहमा अध्ययनरत विद्यार्थीमध्ये छात्रा र छात्रको तथ्याङ्क हेर्दा यो क्रम आगामी वर्षहरूमा अझै बढ्दै जाने देखिएको छ । छात्राको तुलनामा छात्र बढी देखिनुलाई संयोग मात्रै नठानेर तत्कालीन र दीर्घकालीन रूपमा पार्न सक्ने असरको सङ्केतका रूपमा बुझ्नुपर्ने तर्क जनसङ्ख्याविद्को छ ।
एसइई बिहीबारबाट सञ्चालन हुँदै छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार यस वर्ष एसइईमा सहभागी हुनका लागि पाँच लाख चार हजार ४१४ जनाले रजिस्ट्रेसन फाराम भरेका छन् । तीमध्ये छात्राको सङ्ख्या दुई लाख ५० हजार ७७२ र छात्रको सङ्ख्या दुई लाख ५३ हजार ६२७ रहेको परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलले जानकारी दिए ।
केही वर्ष यता एसइईमा छात्राभन्दा छात्रको सङ्ख्या वृद्धि हुँदै गएको छ । उनले भने, “यसो हुनुको कारणबारे पलिकाले विश्लेषण गरेको छैन ।”
गत २०७९ सालको एसइईमा पनि छात्राभन्दा छात्र नै बढी सहभागी भएका थिए । त्यति बेला परीक्षामा सहभागी कुल पाँच लाख १६ हजार ५७७ जना परीक्षार्थीमध्ये छात्राको सङ्ख्या दुई लाख ५५ हजार ९१७ जना थिए । छात्रको सङ्ख्या छात्राको तुलनामा करिब पाँच हजार बढी अर्थात् दुई लाख ६० हजार ६७४ जना थियो । २०७८ सालको एसइईमा छात्रभन्दा छात्रा ३८ जनाले मात्रै बढी थिए । त्यस वर्ष परीक्षामा सहभागी चार लाख ८५ हजार ३९६ जम्मा परीक्षार्थीमध्ये छात्राको सङ्ख्या दुई लाख ४२ हजार ७१२ र छात्रको सङ्ख्या दुई लाख ४२ हजार ६७४ रहेको थियो ।
२०७५ सालको परीक्षामा भने छात्रभन्दा छात्राको सङ्ख्या दुई हजार बढी थियो । २०७६ र २०७७ सालको एसइईमा भने विद्यालय आफैँले आन्तरिक मूल्याङ्कन गरेर अङ्क प्रदान गरेका थिए । यस वर्ष छात्राभन्दा छात्रको सङ्ख्या धेरै रहेको प्रदेशमा बागमती, गण्डकी र मधेश रहेका छन् । बागमतीमा छात्राको सङ्ख्या ५१ हजार २८९ जना रहेको छ तर छात्रको सङ्ख्या ५४ हजार ४५३ छ । मधेश प्रदेशमा छात्रा र छात्रको सङ्ख्या व्रmमशः ४२ हजार २४८ र ४३ हजार ६८५ छ । यस्तै गण्डकी प्रदेशमा छात्रा र छात्र परीक्षार्थीको सङ्ख्या क्रमशः २१ हजार १०६ जना र २२ हजार ७३ रहेको बोर्डले जानकारी दिएको छ । अहिले मुलुकको कुल जनसङ्ख्यामा पुरुषभन्दा महिला नै बढी छन् । कुल दुई करोड ९१ लाख जनसङ्ख्यामध्ये पुरुषको सङ्ख्या एक करोड ४२ लाख रहेको छ भने महिलाको सङ्ख्या एक करोड ४९ लाख रहेको छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै