संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा

    हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा

    संघारी न्युज
    ३ बैशाख २०८१
    1.7k
    Shares

    हङकङलाई हराउँदै नेपाल एसीसी टी-२० प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

    ओमनको अल अमेरत क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले हङकङलाई आठ विकेटले पराजित गरेको हो। हङकङले दिएको ११५ रनको लक्ष्य नेपालले १२।२ ओभरमा सजिलै पूरा गरेको छ।

    नेपालका लागि प्रारम्भिक ब्याटर आसिफ शेखले ४० रन बनाए। उनले १८ बलमा तीन चौका र तीन छक्का प्रहार गरे।

    अर्का प्रारम्‍भिक ब्याटर कुशल भुर्तेलले ३२ रन बनाए। उनले १९ बलमा तीन चौका र दुई छक्का प्रहार गरे। त्यस्तै, रोहित पौडेलले २५ र सन्दीप जोराले १९ रन बनाए।

    हङकङका लागि यासिम मुर्ताजा र इसान खानले एक-एक विकेट लिए।

    यसअघि ब्याटिङ गरेको हङकङले १७।५ ओभरमा सबै विकेट गुमाएर ११४ रन बनाएको थियो। हङकङका लागि अंशी राथले ३४, जीसन अलीले १४, निजाकत खानले १२ र इशान खानले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

    नेपालका लागि अविनाश बोहराले तीन, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले दुई-दुई तथा करण केसीले एक विकेट लिए।

    यो जितसँगै नेपालको ६ अंक भएको छ। नेपाल एक खेल बाँकी छँदै सेमिफाइनलमा प्रवेश गरेको छ।

    समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार बिहान ११स्४५ बजे साउदी अरबसँग प्रतिस्पर्धा गर्नेछ।

    नेपाल रहेको समूह ‘ए’ मा साउदी अरेबिया, मलेशिया र हङकङकको समान दुई अंक छ भने कतारले अंक जोड्न सकेको छैन।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com