संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    नेपाल प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरियो

    नेपाल प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरियो

    संघारी न्युज
    ७ बैशाख २०८१
    1.8k
    Shares

    नेपाल एसीसी टी २० प्रिमियर कपको सेमिफाइनलबाट बाहिरिएको छ।

    ओमनको अल अमेरत रंगशालामा शुक्रबार भएको खेलमा यूएईले नेपाललाई ६ विकेटले पराजित गरेको हो। नेपालले दिएको १२० रनको लक्ष्य यूएईले १७.२ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो।

    यूएईका लागि अलिशान सरफुले अर्धशतक प्रहार गरे। उनले ४१ बलमा ५५ रन बनाए। विष्णु सुकुमरणनले २८, सेद हैदरले १४ र मुहम्मद वासीमले ११ रन बनाए।

    त्यस्तै, नेपालका लागि गुल्सन झाले दुई, सोमपाल कामी र ललित राजवंशीले एक-एक विकेट लिए।

    यसअघि ब्याटिङ गरेको नेपालले नौ विकेटको क्षतिमा ११९ रन बनाएको हो। नेपालका लागि सन्दीप जोराले अर्धशतक बनाए। उनले ४० बलमा चार चौका र दुई छक्का प्रहार गरे।

    त्यस्तै, गुल्सन झालले २० र करण केसीले १७ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

    यूएईका लागि अलि नसिर र बलिस अहमदले दुई दुई तथा जुनैद सिद्दिकी, ओमिद शफी रहमान, आयान अफजल खान र मुहम्मद फारूकले एक-एक विकेट लिए।

    यो जितसँगै यूएई फाइलनमा पुगेको छ। अब ओमन र हङकङबीचको खेलको विजेतासँग उपाधिका लागि भिड्नेछ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com