काठमाडौं । आईसीसी टी–२० विश्वकपअघि नेपालले दुई एसोसिएट राष्ट्र अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने भएको छ ।
विश्वकपअघि आईसीसीले प्रदान गर्ने दुई अभ्यास खेल तय गरिएको हो । आईसीसी पुरुष टी’२० विश्वकप २०२४ को अभ्यास खेल २७ मे र १ जुनको बीचमा खेलाइनेछ।
सोमबार, २७ मे देखि शनिबार, १ जुन सम्म संयुक्त राज्य अमेरिका र ट्रिनिडाड र टोबागोमा तय गरिएको छ।त्यसअन्तर्गत नेपालले २७ मे मा क्यानडा र ३० मेमा अमेरिकासँग डालासमा ९अभ्यास०वार्मअप खेल खेल्नेछ ।
अभ्यास खेलहरू आयोजना गर्ने स्थानहरूमा टेक्सासको ग्रान्ड प्रेरी क्रिकेट स्टेडियम, फ्लोरिडाको ब्रोवार्ड काउन्टी स्टेडियम, क्वीन्स पार्क ओभल र ट्रिनिडाड र टोबागोको ब्रायन लारा क्रिकेट एकेडेमी समावेश छन्।
दक्षिण अफ्रिकासहित कुल १७ टोलीले वार्मअप खेल खेल्दैछन्, जसले २९ गते फ्लोरिडामा इंट्रा–स्क्वाड खेल्दैछन्।
आईसीसी टी–२० विश्वकप क्रिकेट आगामी जुन १ देखि २९ सम्म वेष्टइण्डिज र अमेरिकामा आयोजना हुँदैछ । टी–२० विश्वकपमा नेपालसहित २० टोली सहभागी छन् । चार समूहमा ५–५ टोली छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्नेछन् ।
समूह डी मा नेपाल, बंगलादेश, नेदरल्याण्ड्स, दक्षिण अफ्रिका र श्रीलंका छन् । नेपालले पहिलो खेल ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै