धनगढी । नेपालमै पहिलो पटक सिटी अफ क्रिकेट धनगढीमा अन्तर विद्यालय कक्षा ६ मुनिका विद्यार्थीहरूको क्रिकेट प्रतियोगिता बि.पी.एस किड्स कप २०८१ सञ्चालन हुने भएको छ । धनगढी क्रिकेट एकेडेमी (डी.सी.ए.) को आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुने भएको हो ।
जेठ ६ देखी ११ गते सम्म सञ्चालन हुने उक्त प्रतियोगिताको विजेतालाई क्रिकेट किट सेट, ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने छ, भने उप विजेतालाई क्रिकेट किट सेट, ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।
कैलालीका १५ वटा विद्यालयको सहभागिता रहने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले साइकल सहित धनगढी क्रिकेट एकेडेमीमा छात्रवृत्ति, उत्कृष्ट बलरले जुत्ता, उत्कृष्ट व्याटरले ब्याट सहित धनगढी क्रिकेट एकेडेमीमा छात्रवृत्ति प्राप्त गर्ने र उदयमान खेलाडीले धनगढी क्रिकेट एकेडेमीमा छात्रवृत्ति एवं ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक डी.सी.ए. का म्यानेजर समुयल न्यौपानेले जानकारी दिए ।
न्यौपानेका अनुसार प्रतियोगितामा १०र१० ओभरको खेल खेलाइनेछ । प्रत्येक टिमले दुई वटा म्याच खेल्न पाउने छन् । विजयी टिमहरूले प्राप्त गर्ने अङ्क अनुसार प्रथम चार टिम सेमी–फाइनलमा प्रवेश गर्ने छन् । सबै खेलाडी एउटै किसिमको रङ्गिन जर्सीको साथमा आउनुपर्नेछ । प्रतियोगितामा ग्रिन टेनिस बलको प्रयोग हुने छ । प्रतियोगितामा एल.बि.डब्ल्यु बाहेक आई.सी.सी.को सबै नियम लागु हुनेछ । अम्पायरको निर्णय सबैलाई मान्य हुनेछ । खेलमा विवाद आए आयोजकको निर्णय अन्तिम निर्णय हुनेछ ।
यस्तै, प्रत्येक टीममा १४ खेलाडी र २ अफिसियल हुनु पर्नेछ । खेलको समयमा कुनै चोटपटक लागेमा आयोजकले प्राथमिक उपचार मात्र गर्नेछ । बाहिरबाट आएको टिमले खान बस्नको व्यवस्था स्वयं गर्नुपर्ने छ । भने प्रतियोगितामा सहभागी विद्यालयहरूले अन्य विद्यालयको अथवा आफ्नै विद्यालयको पनि कक्षा ६ भन्दा माथिको विद्यार्थी राखेमा अथवा राखेको प्रमाणित भएमा उक्त विद्यालयलाई दुई वर्ष सम्म धनगढी क्रिकेट एकेडेमीले आयोजना गर्ने कुनै पनि विद्यालय स्तरीय प्रतियोताहरु मा सहभागिता रोक लगाइने र प्रवेश शुल्कको दोब्बर जरिमाना तिर्नुपर्ने आयोजकले जनाएको छ ।
धनगढी क्रिकेट एकेडेमी आयोजक रहेको उक्त प्रतियोगितामा ब्राईटवे पब्लिक स्कुल टाइटल स्पन्सर रहेको छ भने सुदूर पश्चिमाञ्चल कलेज, कैलाली जिल्ला क्रिकेट संघ, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड, चौलानी सुरुवात नयाँ सोचको, ग्रिन क्लिन धनगढी, ब्रेड बक्स, सिपी हस्पिटल र वल्डलिङ्कको साथ रहेको छ ।
यस्तै, वाल्मीकि ईन्टरनेस्नल स्कुलको क्रिकेट टिमको प्रतिनिधित्व गरिरहेका कक्षा ५ मा अध्ययनरत खेलाडी सिरिस भण्डारीले पहिले आफ्नो उमेर समूहको व्यक्तिहरूले टुरनामेन्ट खेल्न नपाउने भए पनि यस पटक बाट आफूहरूले पनि टुरनामेन्ट खेल्ने अवसर पाउँदा निकै खुसी लागेको बताउँदै ट्रफी जित्ने कोसिस गर्ने उनको भनाई छ ।
धनगढी सिटी अफ क्रिकेटमा क्रिकेट सम्बन्धी भइरहेका यस्ता खेलहरूले स(साना नानी बाबुहरू लाई क्रिकेटमा पनि भविष्य छ भनेर प्रेरणा मिल्ने र पछिल्लो समय नेपालमा क्रिकेट प्रति बढ्दै गइरहेको क्रेजलाई आत्मसाथ गर्दै गइरहेका नेपाली क्रिकेट टिमका भोलिका भविष्यहरू लाई यो ग्रास रुट लेबलको क्रिकेट प्रतियोगिता निकै नै लाभदायक बन्ने सी।सी।एस। क्रिकेट टिमका म्यानेजर गोकर्ण जोशीले विश्वास व्यक्त गरे ।
क्रिकेट खेलाडीहरू लाई अभ्यास गराएर मात्रै नपुग्ने र यस्तो खेल आयोजना हुँदा फिल्डमा कसरी खेल्ने, प्रेसर कसरी मेन्टेन गर्ने लगायतका अभ्यास गर्दा सिकेका सिपहरू फिल्डमा देखाउन पाउँदा झन् खेलाडीहरू मा निखार आउने बताउँदै क्रिकेटमा भविष्य देख्ने बालबालिका हरू मा अन्तर विद्यालय कक्षा ६ मुनिका विद्यार्थीहरूको क्रिकेट प्रतियोगिता बि।पी।एस किड्स कप ले उत्साह र प्रेरणा थप्ने कैलाली जिल्ला क्रिकेट संघका सचिव तथा धनगढीमा जारी ग्रास रुट क्रिकेट कार्यक्रम अन्तरगत चन्द्रोदय मा।वि।का क्रिकेट कोच देव नारायन झाले प्रतियोगिता सफल पार्न सबैले साथ सहयोग गर्न आवश्यक रहेको औँल्याए ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै