काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतीजा सार्वजनिक गरेको छ।
परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागी चार लाख ६४ हजार ७८५ विद्यार्थीमध्ये ४७.८६ प्रतिशत मात्र उत्तीर्ण भएका छन्। अर्थात् आधाभन्दा बढी विद्यार्थी उत्तीर्ण हुन सकेनन्।
नियमिततर्फ दुई लाख ४२ हजार ९२ जना विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक पौडेलले बताए। उत्तीर्ण भएकामध्ये १८६ जनाले चार जीपीए ल्याएका छन्।
परीक्षामा सहभागीमध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन्। उनीहरू पुनः ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्नेछ।
त्यस्तै, २२१ विद्यार्थीको परीक्षा रद्द भएको छ। परीक्षा नियन्त्रक पौडेलले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतीजा सार्वजनिक गरेको जानकारी दिए।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै