संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सुदूरपश्चिममा यसरी मिल्यो गठबन्धनको भागबन्डा

    सुदूरपश्चिममा यसरी मिल्यो गठबन्धनको भागबन्डा

    संघारी न्युज
    २२ असोज २०७९
    1.3k
    Shares

    कैलाली । आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभाको उम्मेदवारका लागि गठबन्धनको भागबन्डा टुङ्गिएको छ । बालुवाटारमा बसेको बैठकले भागबन्डा यसरी टुङ्ग्याएको हो ।

    बाजुरामा नेपाली काँग्रेस, अछाम १ मा नेकपा एकीकृत समाजवादी, अछाम २ मा नेपाली काँग्रेसले उम्मेवारी पाउने भएको छ । यस्तै बझाङ नेकपा एकीकृत समाजवादीले पाउँदा डोटीमा पनि नेकपा एकीकृत समाजवादीले नै पाउने भएको छ ।

    यता कैलालीको क्षेत्र नम्बर १, ४ र ५ मा नेपाली काँग्रेस , २ र ३ मा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले पाउने भएको छ । दार्चुलामा नेपाली काँग्रेस, बैतडीमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले पाउँदा डडेल्धुरामा नेपाली काँग्रेसले पाउने भएको छ ।

    यस्तै कञ्चनपुरको क्षेत्र नम्बर १ मा पनि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले पाउने भएको छ । क्षेत्र नम्बर २ र ३ मा नेपाली काँग्रेसले पाउने भएको छ ।

    सत्ता गठबन्धनले समाजवादी पार्टी नेपाल जसपाको भागमा १३ निर्वाचन क्षेत्रलाई खाली राखेर बाँकीमा सहमति गरेको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com