संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    कैलाली जिल्ला समन्वय समितिमा पन्तलाई उम्मेदवार बनाउने

    कैलाली जिल्ला समन्वय समितिमा पन्तलाई उम्मेदवार बनाउने

    संघारी न्युज
    १५ कार्तिक २०८१
    1.4k
    Shares

    कैलाली । यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि कैलाली जिल्ला समन्वय समितिको प्रमुख पदमा नेपाली कांग्रेसले केशवराज पन्तलाई उम्मेदवार बनाउने निर्ण गरेको छ ।

    कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय समितिको मंगलबार बसेको बैठकले धनगढी उपमहानगरपालिका वडा न.२ का वडा सदस्य पन्तलाई जिल्ला समन्वय समिति कैलालीको प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
    सुदूरपश्चिम प्रदेश प्रवक्ता सुरत बहादुर रावत ‘डोटेली कान्छा’का अनुसार पन्तलाई कांग्रेस सुदूरपश्चिम प्रदेशका पदाधिकारीहरूले शुभकामना समेत दिईसकेको बताए ।

    जिल्ला समन्वय समिति प्रमुख पदम बहादुर कलेलको निधन पश्चात् रिक्त रहेको कैलाली जिल्ला समन्वय समिति प्रमुखको पदमा आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com