संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सुदूरपश्चिम ३३ रनले हार व्यहोर्यो

    सुदूरपश्चिम ३३ रनले हार व्यहोर्यो

    संघारी न्युज
    २३ मंसिर २०८१
    1.4k
    Shares

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार खेलिएको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको छ । यो नतिजासँगै सुदूरपश्चिम रोयल्सको विजययात्रामा विराम लागेको छ ।

    कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती ब्याटिङको निर्णय लिएको चितवन राइनोजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो । जवाफमा सुदूरपश्चिम रोयल्सले भने १८.२ ओभरमा अलआउट हुनुअघि एक सय ३१ रनमात्र बनाउन सक्यो ।

    हालसम्म चार खेल खेलेको चितवन राइनोजको यो तेस्रो जित हो । एक खेलमा भने चितवन राइनोज पराजित भएको थियो । चार खेल खेलेको सुदूरपश्चिम रोयल्सको यो पहिलो हार हो । सुदूरपश्चिम रोयल्स यसअघि लगातार तीन खेलमा विजयी भएको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com