कैलाली । सुदूर पश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा जीवन राना नियुक्त भएकी छन् ।
मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा आज बसेको प्रदेश सरकारको मन्त्री परिषदको बैठकले रानालाई नीति तथा योजना आयोगको उपाध्यक्ष पदमा नियुक्त गरेको हो । त्यस्तै शेर बहादुर भण्डारी र हिरा चन्दलाई नीति तथा योजना आयोगको सदस्यमा नियुक्त भएका छन् ।
द सोसियो कल्चर अफ राना थारु विषयमा विद्या वारिधी प्राप्त रानाले एजुकेशन प्लानिङ म्यानेजमेण्टमा स्नातकोत्तर गरेकी छन् । राना थारु समाजकी पूर्व अध्यक्ष राना नेपाली काँग्रेसकी केन्द्रीय सदस्य हुन् ।
मुख्यमन्त्री शाहले बुधवार नै रानालाई उपाध्यक्ष पदको शपथ खुवाए । त्यसपछि उपाध्यक्ष रानाले नवनियुक्त सदस्यद्धय भण्डारी र चन्दलाई शपथ खुवाईन् ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै