धनगढी । सुदूरपश्चिम प्रदेशसभाका सांसद धर्मराज पाठकले गेटामा शहीद दशरथ चन्द विश्वविद्यालय सञ्चालनका लागि सबै राजनीतिक दलहरू मिलेर प्रधानमन्त्रीलाई दबाब दिनुपर्ने बताएका छन्। शनिवार बसेको सुदूरपश्चिम प्रदेशसभाको बैठकमा बोल्दै सांसद पाठकले प्रधानमन्त्री केपी शर्मा ओली आइतबार धनगढी आउने अवसरलाई सदुपयोग गर्नुपर्ने बताएका हुन्।
उनले प्रदेशका सबै सांसदहरूलाई साझा प्रतिबद्धता बनाएर प्रधानमन्त्रीलाई विश्वविद्यालय सञ्चालनका लागि बनेको विधेयक सङ्घीय संसद्मा पारित गर्न ध्यानाकर्षण गराउनुपर्ने बताए।
सांसद पाठकका अनुसार कैलालीको गेटामा बनेका १६ अर्बका संरचनाहरू प्रयोगविहीन अवस्थामा छन्। २०७४ सालमा प्रधानमन्त्री ओलीकै सरकारबाट चार अर्बभन्दा बढी बजेट गेटा अस्पताल सञ्चालनका लागि विनियोजन गरिएको थियो। तर, आजसम्म ती संरचनाहरू उचित रूपमा प्रयोगमा आउन सकेका छैनन्।
‘सुदूरपश्चिमका जनता लामो समयदेखि गुणस्तरीय स्वास्थ्य सेवा र उच्च शिक्षाबाट वञ्चित छन्। गेटामा छिटोभन्दा छिटो विश्वविद्यालय सञ्चालन गर्न सबै सांसदहरूले एकै ठाउँमा उभिएर प्रधानमन्त्रीलाई दबाब दिनुपर्छ,’ पाठकले भने।
सांसद पाठकले विश्वविद्यालय सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारको पनि ध्यानाकर्षण गराएका छन्। उनले गेटा अस्पताल र विश्वविद्यालय सञ्चालनका लागि सबै दल मिलेर साझा धारणा बनाउनुपर्ने बताए।
अब सबै दलहरूको सहमतिमा प्रधानमन्त्रीसमक्ष ठोस प्रस्ताव पेस गर्न सकिए मात्र गेटा विश्वविद्यालयको सपना पूरा हुन सक्ने सांसद पाठकको विश्वास छ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै