कैलाली । सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवाका अधिकृत नवौं तहको परीक्षा स्थगित गरेको छ । सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश जारीपछि प्रदेश लोकसेवा आयोगले हाललाई उक्त परीक्षा स्थगित गरेको हो ।
आयोगले अप्राविधिक प्राविधिक पदहरुको ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कनमा हुने बढुवा र कार्य क्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाको पदपूर्तिका लागि अधिकृत नवौं तहको विज्ञापन फागुन २० गते निकालेको थियो ।
आयोगले ज्येष्ठता, कार्यसम्पादन मूल्याङ्कनको आधारमा प्राविधिकतर्फ ३० पदमा ३५ जना र कार्य क्षमता मूल्याङ्कनको आधारमा प्राविधिकतर्फ ४९ पदमा ५० जना पदपूर्तिका लागि विज्ञापन खोलेको थियो । तर समूहभित्रै आन्तरिक प्रतियोगिताको परीक्षा दिन नपाइएको भन्दै कृषि समूह र वन सेवा समूहका कर्मचारीले सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले वैशाख २२ गते प्रदेश लोकसेवा आयोगको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
सर्वोच्चको आदेशपत्र आयोगलाई प्राप्त भएपछि अघिल्लो सूचना बमोजिमका परीक्षा कार्यहरु अगाडि नबढाई तत्कालका लागि स्थगित गरिएको आयोगका शाखा अधिकृत मीना जोशीले जानकारी दिए । सर्वोच्च अदालतले अर्को आदेश नभएसम्म हाललाई उक्त सूचनाका परीक्षाको कार्य हाललाई स्थगित गर्न आयोगको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै