तिमी नभएको संसारमा म बाँचेको छु,
तर म कहिल्यै एक्ली छैन‘
किनकि तिमी मेरो हरेक सासमा बाँचिरहेका छौ।
साँझ पर्न थालेपछि,
तिमी सम्झनामा आउँछौ—
तिमीले सुम्सुम्याएर भनेका ती बोलीहरू,
‘रञ्जिता, तिमी सक्दछौ‘ तिमी बलियो छ्यौ।’
आज ती शब्दहरू नै मेरो हिम्मत बनेका छन्।
दाइ,
तिमी त त्यस्तो सहारा थियौ जसले मलाई आँधीमा पनि सम्हाल्थ्यो,
तिमी त्यस्तो आकाश थियौ जसको छायाँमा म सधैं सुरक्षित महसुस गर्थें।
अब तिमी छैनौ‘
तर तिमीलाई हरपल महसुस गर्छु—
सपनामा, निन्द्रामा, तिमी बिना लाग्ने बिहानमा।
तिमी हाँस्थ्यौ, म हाँस्थें।
तिमी रुन्थ्यौ, म रुन्थें।
तिमी थियौ भने म पूर्ण थिएँ।
आज अधूरो छु‘ तर तिमीको माया मैले काखमा राखेकी छु।
कहिलेकाहीँ आँसु रोक्न सक्दिन‘
तिमी नभएको पीडा सहन सक्दिन‘
तर फेरि तिमीले सिकाएको बाटो हेरिरहन्छु—
तिमी बाँचिराखेका छौ, मेरो कर्म, मेरो बोलिमा।
दाइ,
जहाँ भए पनि‘
म तिमीलाई माया गर्छु—
हिजो गरेजस्तै, आज गर्छु, भोलि अझै धेरै गर्नेछु।
तिमी मेरो जिन्दगीको कहिल्यै नमेटिने नाम हौ (स्व. रविन्द्र दाइ प्रती समर्पित) रञ्जिता श्रेष्ठको फेसबुकबाट ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै