धनगढी । शैक्षिक उत्कृष्टता र अन्तर्राष्ट्रिय पहिचानतर्फ एक कदम अघि बढ्दै, एसपीए कलेजकी मेधावी विद्यार्थी नितिका अवस्थी अस्ट्रेलिया जाने भएकी छन् । अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने अस्ट्रेलासियन इकोनोमिक्स ओलम्पियाड २०२५ मा नेपालको प्रतिनिधित्व गर्न अबको केही दिनमा नितिका अस्ट्रेलियाको सिड्नी उड्ने भएकी हुन् ।
यसै वर्षको प्रारम्भमा आयोजित छैटौँ नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५ मा सहभागी भई नितिकाले रजत पदक जित्दै आफ्नो प्रतिभाको प्रभावशाली परिचय दिएकी थिइन्। उनको यही सफलता र समर्पणको फलस्वरूप अब उनले अन्तर्राष्ट्रिय स्तरमा एसपीए कलेज, सुदूरपश्चिम प्रदेश मात्रै नभई नेपालको नाम उच्च बनाउने अवसर प्राप्त गरेकी छन्।

एसइई मा ४ जिपिए ल्याउन सफल, एसपीए कलेजमा कक्षा ११ मा अध्ययनरत नितिकाको अर्थशास्त्रमा गहिरो रुचि, लगनशील अध्ययन र प्रतिस्पर्धात्मक क्षमताको उत्कृष्ट संयोजन अहिले पहिचान बन्दै गएको छ। भने एसपीए कलेजले यस्ता होनहार विद्यार्थीलाई उत्प्रेरणा दिँदै ज्ञान र नेतृत्व क्षमताको विकासमा निरन्तर योगदान दिइरहेको छ।
“नितिकाको यो सफलता सम्पूर्ण नेपाली विद्यार्थीका लागि प्रेरणाको स्रोत हो,हामी सधैँ अनुशासित मेहनती, लगनशील र प्रतिभाशाली विद्यार्थीहरू को उत्कृष्ट भविष्य निर्माणको लागि प्रयत्नशील रहन्छौँ ।” कलेजका प्रमुख योगराज गौतमले भने ।
एसपीए कलेजका प्राचार्य, शिक्षकगण, सहपाठीहरू र सम्पूर्ण शिक्षा प्रेमी वर्गले नितिकालाई यो अन्तर्राष्ट्रिय यात्राका लागि शुभकामना व्यक्त गरेका छन्।
फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
नयाँ अपडेट
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै